
Sssbus1
Ssbus
Pbu
Ssbus
Ssbus
ssbus
tssbus
nsm
Gsl
Sssbus1

Bbu
Ssm
Rgu
Bbbpu
Ggd
Sls
Tsm
Vor
Pvg
Wsp
Rgs
nsb
Rsb
Ksm
Gst
Rgu
Hal
Asm
Sbs

Abd
Rpp
Syp
Jmb
sab
Pls
Ptm
Gsb
Mks
Jmb
Bml
Rmb
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ । जसमा चालु आर्थिक बर्षको कुल बजेट ७० करोड ३ लाख थियो भने अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेर ६५ करोड ७६ लाखको नयाँ बजेट आएको हो । जस अन्र्तगत आगमी आर्थिक बर्षको चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालु तर्फ संघीय सरकारबाट २० करोड ५१ लाख, प्रदेश सरकारबाट १२ लाख र पालिकाको १० करोड ९५ लाख बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ संघीय सरकारको २ करोड ६८ लाख, प्रदेश सरकारको ३ करोड ८६ लाख र पालिको २६ करोड ७२ लाख बिनियोजन गरिएको छ ।
त्यस्तै आगामी आर्थिक बर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपत्त तर्फ २ करोड, खानेपानी सरसफाई, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता पहलवान र्चौधरीले जानकारी दिनु भयो ।
यता चालु आर्थिक बर्षको पुँजीगत खर्च १९ करोड १५ र चालु खर्च तर्फ असार पहिलो हप्ता सम्मको कुल खर्च ३६ करोड ५ लाख भएको छ । त्यस्तै आगामी आर्थिक बर्षको बजेट घट्नुमा आन्तिरिक राजश्व ८३ प्रतिशत मात्र संकलन, संघ र प्रदेशबाट २० प्रतिशतले बजेट कतौती भएर आएको हूँदा अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेको पालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिनु भयो ।
