
Unsku
Pbu
Sgr
Srbpu
Lnp
Ggp
Rgp1
pku
Rgp

Bbu
Rgu
Asm
Pvg
Wsp
nsb
Hal
Vor
Gst
Bbbpu
Ksm
Rgs
Ssm
Rgu
Ggd
Sbs
Rsb
Tsm
Sls

Pls
sab
Ptm
Rmb
Syp
Mks
bbt
Jmb
Abd
Bml
Gsb
Rpp
Jmb
गोरखा । गोरखामा गएराति जन्ति बस दुर्घटना भएके छ। शहिद लखन गाउँपालिका वडा नम्बर ३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिनु भयो ।
घटनास्थल मनकामनानजिकै पर्दछ। उहाँका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन। प्रहरीले वडाअध्यक्ष श्रेष्ठलाई ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । त्यस्तै २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ।
रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ। अहिले जिल्लाबाट नेपाल प्रहरी,सशस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलमा खटिएको छ। घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ।
