
Ssbus
Ssbus
Gsbus
Jsbus
Bksbus5
dsbus
gms
Ssbus
Ksbus
Lsbus
Gsl
Pbu
bpmhl
Rsbus
Ksbus
Bsbus
Csbus
Nssbus7
Ksbus

nsb
Sls
Rgs
Gst
Vor
Ksm
Asm
Bbu
Bbbpu
Wsp
Sbs
Rgu
Ssm
Hal
Rgu
Rsb
Ggd
Pvg
Tsm

Rpp
Abd
Pls
Syp
Rmb
Jmb
bbt
Jmb
Bml
Mks
Ptm
sab
Gsb
दाङ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।
मंगलवार बेलुका भालुवाङ बजारमा,गढवा बजार लगायत अन्य बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ । देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार राप्ती गाउँपालिका कार्यालय, पाखापानी,लालमटिया, मसुरीया, लमही, सिसहनियाँ, गढवा, राजपुरको जंग्रहवा, बेला, घाेराही, हापुर, तुलसीपुर लगायतका विभिन्न बजार क्षेत्रमा दिप प्रज्वलन गरि एक आपसका खुसियाली साटासाट गरिएको छ ।
भालुवाङमा भएको दिन दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य गंगा चाैधरीले लालपुर्जा विहिन भालुवाङमा राजधानी ल्याइदिएको बताउनु भएको छ । राजधानी अाएपछि अव भालुवाङबासीले लालपुर्जाको समस्याबाट छुटकारा पाउने र विकास निर्माणमा फट्को मार्ने बताउनु भएको हो ।
यता लमहीमा भएको दिपप्रज्वलन कार्यक्रममा कार्यक्रममा बाेल्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले तत्कालै प्रदेश सरकार यता सरे पनि हामीले बुटवलको संरचना भन्दा कम हुननदिने बताउनु भएको छ ।
उहाँले प्रदेश सरकारले नै निर्माण गर्न केहि वर्ष ढिला होला हामी यहाँका पालिकाहरुले निर्माण गरेका भवनहरुमा प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरु राख्न दिने प्रतिबद्धता जनाउनु भएको छ ।
लमही भित्रै ७० विघा ऐलानी जमिन छ । यता राप्ती गाउँपालिकामा पनि त्यति नै क्षेत्रफलको जमिन छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भन्नू भयो, लमही नगरपालिका र गढवा गाउँपालिका तथा राजपुर गाउँपालिकामा पनि प्रशस्त ऐलानी जमिन छन । हामी चारवटा पालिकाले संरचना नपुग्ने बेलासम्म बुटवलका भन्दा आलिशान र सुविधा सम्पन्न भवनमा प्रदेश सरकारलाई राख्न सक्छौं । यस्तै गढवा गाउँपालिका अथ्यक्ष सहजराम यादवले पनि प्रदेश सरकारलाई कुनै कुराको कमी हुन नदिने प्रतिवद्वता जनाउनु भएको छ ।
त्यस्तै राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले प्रदेशको राजधानी देउखुरीमा तोकिनु भनेको एउटा न्यायपुर्ण रहेको बताउनु भएको छ । उहाँले सिधापत्र संगको कुराकानीमा पश्चिमको बाके, बर्दिया,पुर्वको पश्चिम नवलपरासी र पुर्वी रुकुम, रोल्पा, बाग्लुङ, गुल्मी पाल्पाको बीचमा पर्ने दाङको भालुवाङ सबैको पायक पर्ने ठाउँ रहेको हुँदा यस निर्णयलाई सबैले मनन गर्नुपर्ने बताउनु भयो । त्यस्तै अध्यक्ष केसीले प्रदेश सरकार संचालनमा आवश्यक सहयोगको लागि राजपुर गाउँपालिका तयार रहेको बताउनु भएको छ । प्रदेश ५ को प्रदेशसभाले मंगलबार प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव र राजधानी दुुईतिहाइ बहुमतले पारित गरेको थियो ।
