Sidha Patra मंगलबार, आश्विन २०, २०७७

दाङ । बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने दुइतिहाई मतदानद्वारा प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुईतिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो ।  यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षबाट जम्मा १३ मदपरेको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।सुरुमा सरकारले राखेको प्रस्तावमा ध्वनी मतका आधारमा टुंग्याएकाले संशोधन प्रस्तावमा मतदान नै भएन । सरकारको प्रस्तावमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए ।

यसअघि दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद डिल्ली बहादुर चौधरी पार्टीको ह्वीप नमान्ने र  दाङलाई राजधानी बनाउने प्रस्तावमा समर्थन गर्ने बताउनु भएको थियो  । लुम्बिनी प्रदेशको स्थायी राजधानी  भालुवाङ्ग  बनाउने मतदानमा  जम्मा  ८७ जना सदस्य मध्य ८२ जनाको उपस्थिति रहेको थियो । यता दाङको भालुवाङ्गमा प्रदेशको राजधानी हुने सन्देशले दाङ बासी खुसी भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]