
pku
Sgr
Lnp
Unsku
Pbu
Rgp
Ggp
Rgp1
Srbpu

Tsm
nsb
Rgu
Wsp
Sbs
Vor
Rgu
Rsb
Ssm
Sls
Rgs
Hal
Ggd
Ksm
Asm
Pvg
Gst
Bbbpu
Bbu

Jmb
Pls
Abd
Bml
Rpp
Mks
sab
Syp
Rmb
Ptm
bbt
Jmb
Gsb
रसुवा । नेपाल मगर संघ जिल्ला समन्वय समिति रसुवाकाे ५ औं जिल्ला अधिवेशनबाट बिक्रम थापा मगर सर्व सहमत रुपमा चयन हुनु भएको छ ।
जेठ २० गते आजका दिन उत्तरगया गाउँपालिका वडा नम्बर-५ माझ गाँउमा रसुवा स्थित पार्कमा भएकाे अधिवेशनमा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य भगवान राना मगरले मगरहरुकाे हक हित र अधिकारका लागि संगठित रुपमा अघि बढ्नुपर्ने भनाई राख्नु भएको थियाे ।
त्यस्तै अधिवेसनले उपाध्यक्षमा मनकला थापा मगर,सचिवमा सन्ताेष थापा मगर,काेषाध्यक्षमा रिता सुयाल मगर र सदस्यहरुमा सर्मिला थापा मगर, सुनिल थापा मगर,सरस्वति थापा मगर र ईन्द्र कुमारी मगर गरि ७ सदस्यिय समिति चयन गरेकाे छ । उक्त अधिवेशनमा नेपाल मगर संघ केन्द्रीय सदस्य राजकुमार थापा मगर,नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका महिला सचिव रेणुका देवि थापा मगर,नेपाल मगर संघ वागमति प्रदेश समिति सदस्य कान्छिमाया राना मगर,नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोट उपाध्यक्ष राम कुमार थापा मगर,नेपाल मगर संघ बागमती प्रदेश समिति महिला सचिव सर्मिला थापा मगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।
यस्तै कार्यक्रममा विक्रम थापा मगर र ईस्वरि थापामगरलाई केन्द्रीय सदस्य राजकुमार थापा मगर र नेपाल मगर संघका केन्द्रीय सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि भगवान राना मगरले आजिवन सदस्यकाे प्रमाणपत्र प्रदान गर्नु भएको थियाे ।

