
Rgp
Ggp
Srbpu
Pbu
Unsku
pku
Lnp
Sgr
Rgp1

Rgu
Tsm
Ggd
Sls
Hal
Bbu
Bbbpu
Ksm
Rgs
Vor
Sbs
Asm
Rsb
Gst
nsb
Ssm
Wsp
Pvg
Rgu

Jmb
Pls
Syp
Mks
Gsb
Rpp
Bml
Ptm
sab
Abd
Jmb
Rmb
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपहारमा उन्नत जातका बाख्रा बितरण गरेको छ ।
हेफर ईन्टरनेश्नलको सहकार्यमा पालिकाले ३१ जना महिलाहरुलाई २/२ वटाका दरले ६२ वटा बाख्रा सहयोग गरेको हो । पालिकाले गाउँपालिका अन्तरगतका ३ वटा महिला कृषक समूहलाई बाख्रा बितरण गरेको हो ।
मिलनचोक स्वाबालम्बन महिला कृषि समुह राजपुर २ बेला, लालीगुँरास महिला कृषी स्वाबलम्बन समूह राजपुर ५ महितिनियाखोला र छहरा महिला स्वाबलम्बन कृषी समूह राजपुर ४ मुङ्ग्रेटाखोलामा आबद्ध रहेका महिलाहरुलाई उपहारमा बाख्रा प्रदान गरिएको हो । बाख्रा बितरण अघि पालिकाले ती महिलाहरुलाई खोर सुधार, पालन पोषण, औषधी उपचार लगायत सम्बन्धी ४ दिने आधारसिला तालिम प्रदान गरेको थियो ।
पालिकाले उपहारमा बाख्रा बितरण गरेकोमा राजपुर ४ मुङ्ग्रेटाखोला निवासी समीक्षा बुढा पुनले खुसी ब्यक्त गरिन । समिक्षा एक गृहिणी हुन । उनको दैनिकी घरकै काम काजमा बित्ने गर्थ्यो । उनको घरमा लोकल जातका एक दुई वटा बाख्रा पनि छन । ती बाख्रा पुरानै तरिका बाट पाल्दै आएकी थिइन । अबभने उनले तालिममा सिकेका शिक्षा अनुरुप बाख्रा पालनलाई ब्यबसायिक रुपमा अघि बढाउने सोच बनाएकि छिन । उनी भन्छिन बाख्रा पालनबाट जीवन स्तर उकास्न र आर्यआर्जनको माध्यम बनाउन सकिने उर्जा थपिएको छ ।
त्यस्तै पालिकाले आफ्नो क्षेत्रलाई कृषि र पशुपालन बाट माथी उकास्ने गरि हेफर ईन्टरनेश्नल सँगको साझेदारीमा कार्यक्रम गरिरहेको छ । महिला कृषकहरुलाई बाख्रा बितरण गर्दै गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले निम्न स्तर महिला हरुको जीवन स्तर उकास्नका निम्ति आफुहरु सधै चिन्तामा रहेको बताए । उनले भने उपहारमा पाएको बाख्रा आफैले खरिद गरेको जसरी माया गरेर पाल्नुहोस । अन्य बाख्रा थप्नुहोस् । बाख्रा पालन ब्यबसाय घरमै बसेर राम्रो आम्दानीको श्रोत बनाउन सकिन्छ ।
अध्यक्ष बुढाथोकिले महिलाहरुलाई हौसला थप्दै जीवन स्तर उकास्न कुनै न कुनै ब्यबसायसँग जोडिन आबस्यक रहेको बताए । ‘सबैमा आ आफ्नो सीप छ, सीप अनुसारकै ब्यबसाय गरौँ उनले भने-जसले गर्दा जिवनस्तर समृद्धि तर्फ उन्मुख हुनेछ ।’ त्यस्तै पालिका उपाध्यक्ष धनपती देबी यादबले महिलाहरु अनेक बहानामा तिरस्कृत हुने कारणसँग आर्थिक जोडिएको बताईन । त्यसको अन्त्यका निम्तीपनि महिला दिदी बहिनीहरु आफै उत्पादनमा सक्रिय भएर आम्दानी गर्नतर्फ अग्रसर हुनुपर्ने बताईन । ‘महिलाहरु अनेक बहानामा तिरस्कृत हुन्छन, त्यसको कारण आर्थिकपनि हो उपाध्यक्ष यादबले भनिन्-हामी अबहेलनाबाट जोगिनपनि आम्दानीतर्फ जोडिन आबस्यक छ ।’
राजपुर गाउँपालिकाले पशु पालन सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको छ । पालिकाले राजपुर ३ खरदरियामा २१ वटा भैंसी भकारो सुधार सम्बन्धी तालिम चलाईरहेको छ ।
त्यस्तै पालिकाको गुरुङ खोला,रसरी खोला, बनकट्टी,लैबरुवा,राजपुर,कल्याणपुर नाका लगायतका क्षेत्रमा बाख्रा खोर सुधार सम्बन्धी आधारशिला तालिम सम्पन्न गरिसकेको छ । पालिकाले आफ्नो क्षेत्रमा रहेका १८ वटा महिला कृषि समुहहरुलाई १९ वटा उन्नत जातको बोका बितरण गरिने योजनापनि अघि सारेको छ ।
