दाङ । देउखुरीको राजपुर गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपहारमा उन्नत जातका बाख्रा बितरण गरेको छ ।
हेफर ईन्टरनेश्नलको सहकार्यमा पालिकाले ३१ जना महिलाहरुलाई २/२ वटाका दरले ६२ वटा बाख्रा सहयोग गरेको हो । पालिकाले गाउँपालिका अन्तरगतका ३ वटा महिला कृषक समूहलाई बाख्रा बितरण गरेको हो ।मिलनचोक स्वाबालम्बन महिला कृषि समुह राजपुर २ बेला, लालीगुँरास महिला कृषी स्वाबलम्बन समूह राजपुर ५ महितिनियाखोला र छहरा महिला स्वाबलम्बन कृषी समूह राजपुर ४ मुङ्ग्रेटाखोलामा आबद्ध रहेका महिलाहरुलाई उपहारमा बाख्रा प्रदान गरिएको हो । बाख्रा बितरण अघि पालिकाले ती महिलाहरुलाई खोर सुधार, पालन पोषण, औषधी उपचार लगायत सम्बन्धी ४ दिने आधारसिला तालिम प्रदान गरेको थियो ।
पालिकाले उपहारमा बाख्रा बितरण गरेकोमा राजपुर ४ मुङ्ग्रेटाखोला निवासी समीक्षा बुढा पुनले खुसी ब्यक्त गरिन । समिक्षा एक गृहिणी हुन । उनको दैनिकी घरकै काम काजमा बित्ने गर्थ्यो । उनको घरमा लोकल जातका एक दुई वटा बाख्रा पनि छन । ती बाख्रा पुरानै तरिका बाट पाल्दै आएकी थिइन । अबभने उनले तालिममा सिकेका शिक्षा अनुरुप बाख्रा पालनलाई ब्यबसायिक रुपमा अघि बढाउने सोच बनाएकि छिन । उनी भन्छिन बाख्रा पालनबाट जीवन स्तर उकास्न र आर्यआर्जनको माध्यम बनाउन सकिने उर्जा थपिएको छ ।
त्यस्तै पालिकाले आफ्नो क्षेत्रलाई कृषि र पशुपालन बाट माथी उकास्ने गरि हेफर ईन्टरनेश्नल सँगको साझेदारीमा कार्यक्रम गरिरहेको छ । महिला कृषकहरुलाई बाख्रा बितरण गर्दै गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले निम्न स्तर महिला हरुको जीवन स्तर उकास्नका निम्ति आफुहरु सधै चिन्तामा रहेको बताए । उनले भने उपहारमा पाएको बाख्रा आफैले खरिद गरेको जसरी माया गरेर पाल्नुहोस । अन्य बाख्रा थप्नुहोस् । बाख्रा पालन ब्यबसाय घरमै बसेर राम्रो आम्दानीको श्रोत बनाउन सकिन्छ ।अध्यक्ष बुढाथोकिले महिलाहरुलाई हौसला थप्दै जीवन स्तर उकास्न कुनै न कुनै ब्यबसायसँग जोडिन आबस्यक रहेको बताए । ‘सबैमा आ आफ्नो सीप छ, सीप अनुसारकै ब्यबसाय गरौँ उनले भने-जसले गर्दा जिवनस्तर समृद्धि तर्फ उन्मुख हुनेछ ।’ त्यस्तै पालिका उपाध्यक्ष धनपती देबी यादबले महिलाहरु अनेक बहानामा तिरस्कृत हुने कारणसँग आर्थिक जोडिएको बताईन । त्यसको अन्त्यका निम्तीपनि महिला दिदी बहिनीहरु आफै उत्पादनमा सक्रिय भएर आम्दानी गर्नतर्फ अग्रसर हुनुपर्ने बताईन । ‘महिलाहरु अनेक बहानामा तिरस्कृत हुन्छन, त्यसको कारण आर्थिकपनि हो उपाध्यक्ष यादबले भनिन्-हामी अबहेलनाबाट जोगिनपनि आम्दानीतर्फ जोडिन आबस्यक छ ।’
राजपुर गाउँपालिकाले पशु पालन सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको छ । पालिकाले राजपुर ३ खरदरियामा २१ वटा भैंसी भकारो सुधार सम्बन्धी तालिम चलाईरहेको छ ।
त्यस्तै पालिकाको गुरुङ खोला,रसरी खोला, बनकट्टी,लैबरुवा,राजपुर,कल्याणपुर नाका लगायतका क्षेत्रमा बाख्रा खोर सुधार सम्बन्धी आधारशिला तालिम सम्पन्न गरिसकेको छ । पालिकाले आफ्नो क्षेत्रमा रहेका १८ वटा महिला कृषि समुहहरुलाई १९ वटा उन्नत जातको बोका बितरण गरिने योजनापनि अघि सारेको छ ।