Sidha Patra बुधबार, आश्विन १४, २०७७

सल्यान । एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको ओपिडी सेवा बन्द भएको छ । सुत्केरी सेवा र आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । मंगलबार प्रदेश अस्पताल,पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ती स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

बुधबारदेखि लागु हुने गरी अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गरिएको अस्पतालका निमित्त सेवा व्यवस्थापक डा. भीमकान्त जैसीले बताउनु भयो । दुई गाउँपालिका सिल यस्तै,जनप्रतिनिधि र कर्मचारीलाई कोरोना देखिएपछि छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिका सिल गरिएको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत र छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दुवै गाउँपालिका सिल गरिएको छ । मंगलबार गरिएको परीक्षणमा जनप्रतिनिधि,कर्मचारी, स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३९८ पुगेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]