
Pes
Unsku
Rgp1
Lnp
Sgr
Djs
Gfs
Rgp
Ggp
Srbpu
cjs
pku
Pbu
Ses

nsb
Rsb
Vor
Rgu
Wsp
Pvg
Tsm
Sls
Asm
Hal
Bbbpu
Rgu
Rgs
Gst
Sbs
Bbu
Ssm
Ggd
Ksm

Ptm
Abd
Mks
Jmb
bbt
Rpp
Jmb
Pls
sab
Rmb
Gsb
Syp
Bml
सल्यान । एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको ओपिडी सेवा बन्द भएको छ । सुत्केरी सेवा र आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । मंगलबार प्रदेश अस्पताल,पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ती स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।
बुधबारदेखि लागु हुने गरी अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गरिएको अस्पतालका निमित्त सेवा व्यवस्थापक डा. भीमकान्त जैसीले बताउनु भयो । दुई गाउँपालिका सिल यस्तै,जनप्रतिनिधि र कर्मचारीलाई कोरोना देखिएपछि छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिका सिल गरिएको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत र छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दुवै गाउँपालिका सिल गरिएको छ । मंगलबार गरिएको परीक्षणमा जनप्रतिनिधि,कर्मचारी, स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३९८ पुगेको छ ।
