Sidha Patra मंगलबार, चैत्र २१, २०७९

काठमाडौं । विषयविज्ञ अर्थमन्त्री पाए पनि देशको शेयर बजार उकालो लाग्न सकेको छैन । चैत १७ गते देशको अर्थ मन्त्रालयले अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको रुपमा पाएको थियो ।

त्यसको अघिल्लो दिन नै अर्थमन्त्रीमा डा. महत आउने हल्ला थियो । तैपनि शेयर बजारले राम्रो रेस्पोन्स (प्रतिक्रिया) दिएको थिएन । महत आएको तीन दिनसम्म समेत शेयर बजार बढेको छैन । अर्थमन्त्री आएको पहिलो कारोबारका दिन आइतबार बजार २० अंकले घटेर १८८८.५५ विन्दुमा अडियो । १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारको पूँजीकरण २७ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ पुग्यो ।

दोस्रो कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार रकमसमेत खुम्चिएर ९२ करोड २ लाख ५९ हजार रुपैयाँमा झर्‍यो । तेस्रो दिनको कारोबारमा पनि शेयर उकालो लाग्न सकेन । यस दिन बजार ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा आइपुगेको छ । कारोबार रकम ९१ करोडमा खुम्चियो ।

यसबीच अर्थमन्त्री महतले शेयर बजारमा देखिएको समस्या समाधान गर्न लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग सुझाव मागेका छन् । अर्थमन्त्रीसँग प्रयासबाट लगानीकर्ता विश्वस्त नभएको देखिन्छ । जसको असरले बजार उकालो लागेन । लगानीकर्ता अम्बिका पौडेल भने कोही अर्थमन्त्री आउँदै र जाँदैमा बजार प्रभावित नहुने बताउँछन् । बजार यसअघि नै निकै घटिसकेको र अझै पनि उपयुक्त औषधि नपाए तल झर्ने उनको भनाइ छ । उनी भन्छन, ‘अब बजारलाई ढाडस दिँदै बोलेरमात्र हुँदैन, औषधि नै दिनुपर्छ । सरकारले नीतिगत डिपार्चर नगरे बजार अझै तल घटे पनि अचम्म नमान्दा हुन्छ ।’

ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट शेयर बजारमा अब बोलेरमात्र नहुने बताउँछन् । अहिलेको अर्थमन्त्री बजारका लागि टेस्टेड नभएकाले अब उनले लिने नीतिलाई मात्र बजारले पत्याउने रानाभाटको भनाइ छ । ‘विष्णु पौडेल टेस्टेड भएकाले उहाँ आउने हल्लाले मात्र पनि बजार बढेको थियो’, उनले भने । अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा चलेपछि बजार विस्तारै हरियाली बनेको थियो । पुस १४ गते शेयर बजारले २ हजारको विन्दु पार गर्दै २०२९ मा उक्लियो । यतिबेलासम्म बजार पूँजीकरण २९ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको थियो । विस्तारै बढ्दै गएको बजार माघ ५ गते २१७८.८१ विन्दुमा अडियो । बजार पूँजीकरणले ३१ खर्ब ४५ अर्ब रुपैयाँ नाघ्यो । सत्ता समीकरण बदलिएपछि फागुन १५ गते अर्थमन्त्री विष्णु पौडेलसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिए ।

त्यस्तै पौडेलले राजीनामा दिनुअघि नै बजार घट्न थालेको थियो । राजीनामापछि बजार अधिकांश कारोबारमा घट्दै गएको देखिन्छ । अहिले देशको अर्थतन्त्र नै सकसमा छ । राजस्व संकलन प्रभावकारी हुन सकेको छैन । आम्दानीभन्दा खर्च बढी छ । बैंकको ब्याजदरको विषयमा उद्योगी, व्यवसायी तथा लगानीकर्ता अझै सन्तुष्ट बन्न सकेका छैनन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]