
Rgp1
Srbpu
pku
Sgr
Lnp
Ggp
Unsku
Rgp
Pbu

Hal
Bbbpu
Rgs
Asm
Pvg
Rgu
Sbs
Ggd
Wsp
Sls
Bbu
Gst
Rgu
Tsm
Ssm
nsb
Rsb
Vor
Ksm

Pls
Bml
Abd
Rmb
Jmb
Mks
Syp
Gsb
sab
Jmb
bbt
Rpp
Ptm
दाङ । सिद्धार्थ होटल ग्रिन लुम्बिनी शाखा लमहीद्वारा वडा प्रहरी कार्यालय लमहीमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई स्वागत एवं सम्मान गरिएको छ ।
मंगल बेलुका होटलका सेयर संचालक मिलन पाण्डे,श्याम पाण्डे र म्यानेजर खिमप्रसाद खनालले होटलमा डाकेर प्रहरी निरीक्षक श्रेष्ठलाई अबिर तथा खादा ओढाएर स्वागत एवं सम्मान गर्नु भएको हो ।
त्यस्तै उक्त स्वागत एवं सम्मान पश्चात् प्रहरी निरीक्षक श्रेष्ठले होटका विभिन्न अत्याधुनिक बेडरुम,बैठक कक्ष लगायत अन्य कक्षहरुको अवलोकन समेत गर्नु भएको छ । आफुलाई निमन्त्रणागरि न्यानो स्वागत र सम्मान दिएको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले होटलका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद समेत दिनु भयो ।
यस्तै उहाँले होटल लगायत अन्य विभिन्न निकायको सुरक्षा गर्ने जिम्मा नेपाल प्रहरीलाई रहेको हुँदा होटल संचालनमा केहि समस्या आएको खण्डमा सुरक्षा प्रदान गर्ने सवालमा वडा प्रहरी कार्यालयको तर्फबाट केहि कमि हुन नदिने बताउनु भएको छ ।
स्वागत एवं सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर कमिटीका सभापति सन्तोष बुढाथोकी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी वरिष्ठ नायव निरीक्षक धनबहादुर केसी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै सो अवसरमा होटलका सेयर संचालक रविलाल आचार्यको २१ औं वैवाहिक वर्ष गाँठको उपलक्ष्य समेत रहेको हुँदा उहाँलाई सहभागी सम्पूर्णले हार्दिक बधाई एवं शुभकामना दिनु भएको थियो ।
लुम्बिनी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउँदै यस क्षेत्रको समृद्धिमा सहयोग गर्ने उदेश्यका साथ होटलले आफ्ना गतिविधि निरन्तर संचालन गरिरहेको छ ।

