
Rgp
Unsku
Sgr
Rgp1
Lnp
Ggp
pku
Pbu
Srbpu

Pvg
Ssm
Sbs
Gst
Ksm
Sls
nsb
Rsb
Rgu
Bbbpu
Asm
Tsm
Ggd
Vor
Rgu
Rgs
Bbu
Wsp
Hal

Syp
Rmb
Gsb
sab
Mks
bbt
Pls
Jmb
Ptm
Jmb
Abd
Bml
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ ताली खोलामा नव निर्मित झोलुंगे पुलको उद्घाटन गरिएको छ ।
बिहीबार उक्त पुलको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले उद्घाटन गर्नु भएको हो । पुल नहुँदा स्थानीयलाई बर्षायाममा समस्या हुदैँ आएको थियो । पुल निर्माण भएपछि स्थानीय धेरै खुसी भएका छन् ।
कुल ४८ लाख ४३ हजार ६ सय ३९ दशमलव ६१को अनुमानित लागतमा ताली खोलामा झोलुंगे पुल निर्माण कार्य सम्पन्न भएको छ । झोलुंगे पुल निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष सुरज खड्का,राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आथित्यता एवं राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवकाे विशेष उपस्थितिमा उक्त झोलुंगे पुलको उद्घाटन गरिएको हो ।
त्यस्तै सो पुल उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओली,वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेत,राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख सुनिता चौधरी, समाजसेवी एवं बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थितीमा पुल उद्घाटन कार्यक्रम सम्पन्न गरिएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले जानकारी दिनु भयो।

