तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, फाल्गुण २१, २०७९

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ काे आयोजनामा आइतबारदेखि वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम पहरुवाकाे खेलमैदानमा सुरु भएको छ ।

खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे । वडाको आर्थिक वर्ष २०८९/८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष देवप्रसाद चाैधरीले जानकारी दिनु भएको छ।

कार्यक्रममा फुटबल,क्रिकेट,महिला रिले दाैड खेलहरु समावेश गरिएको छ।साे खेलकुद प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने बताएको छ । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विष्टले स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलकाे माध्यम बाट प्राेत्सान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले खेलकाे आयाेजना गरिएको बताउनु भयो।त्यस्तै उहाँले खेलाडीहरुकाे मुख्य पाटाे अनुशासन पनि भएको बताउँदै अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरू लाई आग्रह गर्नु भएकाे छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५का वडा अध्यक्ष देव प्रसाद चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । साे अवसरमा वडा नम्बर ५ का वडा सदस्य भुपलाल थापा मगर,सीता समाल मगर,सावित्रा देवी दमाई ,खेल संयाेजक बिनाेद कुमार गुप्ता खेल प्रशिक्षक रमेश कडेल,लक्ष्मी नारायण चाैधरी,विभिन्न टाेल विकास संस्थाका अध्यक्षहरु लगायतकाे सहभागीता रहेको थियो ।वडा सदस्य गाेविन्द बहादुर कवरकाे स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव कल्पना खनालले गर्नु भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]