
Djs
cjs
pku
Ggp
Pes
Srbpu
Rgp
Unsku
Rgp1
Sgr
Pbu
Ses
Gfs
Lnp

Ssm
Wsp
Tsm
nsb
Sbs
Sls
Ggd
Gst
Hal
Bbu
Ksm
Rgs
Pvg
Asm
Rgu
Bbbpu
Rsb
Rgu
Vor

Rpp
Pls
Abd
Rmb
Jmb
Gsb
sab
Ptm
Syp
Mks
Jmb
bbt
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सोब शुक्रबारदेखि सुरु भएको छ ।
उक्त महोत्सवको लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले गर्नु भएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री यादवले लुम्बिनी प्रदेश प्राकृतिक सम्पदा, धार्मिक स्थलहरुले भरिपूर्ण रहेको भन्दै आवश्यक प्रचार-प्रसारका माध्यमबाट लुम्बिनीलाई पर्यटनको विकासको माध्यमबाट आर्थिक रुपान्तरणमा जोड दिनुपर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका पुर्बाधार विकास मन्त्री इन्द्रजित थारले सबै जन्ताहरु आर्थिक सङकट के हो भनेर जानू पर्दछ । हाम्रो देश आज आर्थिक सङ्कटको अवस्थामा गुज्रिरहेको बेला हामीसँग भएको पूँजीलाई चलायमान बनाउने कुरा राज्यसँग भएको पूँजीलाई उत्पादन को क्षेत्रमा केन्द्रित गर्ने सवाल र सबै नागरिक र जनताहरू उत्पादनमा श्रमिक बनेर उत्पादनको क्षेत्रमा लाग्ने विषय गम्भीर पूर्वक लिएर जानुपर्ने अवस्था रहेको बताउनु भयो ।
हामीले आधुनिक फोहोर ब्यब्स्थापन गर्ने योजना गरेका छौँ । स्व्च्छ हावा,बाताबरण र आकाशलाई असर नहुने गरि आधुनिक शहर बनाउने योजना बनाएका छौ । अव्यवस्थित बसोबास र सुकुम्बासीलाई पहिलो प्राथमिक दिएर ब्यबस्थित गर्ने छौँ अव्यवस्थित बसोबासलाई लुम्बिनीको स्थाई राजधानी भित्र राखेर ब्यबस्थित बनाउने योजनामा म पनि सधै लागि पर्नेछु भनी प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कृषि उद्योग, व्यापार तथा पर्यटनको शान,राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केही रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै महोत्सवमा विभिन्न जातजातिको एक दर्जन बढी झाँकी प्रर्दशन गरिएको थियो । स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, बाल उद्यान, राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा-बोटिङ, मौतका कुवा, चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने,महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने संघका अध्यक्ष सुरज खड्काले जानकारी दिनु भयो ।
देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ भने तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै प्राकृतिक विविधताले भरिपूणर् र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार-प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ । महोत्सवमा विभिन्न किसिमका स्टलहरुको दररेट समेत कायम गरिएको छ । महोत्सवको पहिलो दिन निकालिएको साँस्कृतिक झाँकीमा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३-३ हजार नगद र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष खड्काले जानकारी दिनु भयो ।
संघका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, नेपाली काँग्रेसका विद्यासरण चौधरी, नेकपा एमालेका रामबहादुर सुनार, नेकपा माओवादी केन्द्रका बसन्त परियार, पूर्वाधार विकास प्राधिकरण जग्गा एकिकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरी, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, सिसहनियाँ उद्योगा बाणिज्य संघका अध्यक्ष पूणर्बहादुर बुढाथोकी, राप्ती उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायणप्रसाद शर्माले गर्नु भएको थियो ।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा सुरु भएको महोत्सव फाल्गुन १९ गते शुक्रबारदेखि चैत १ गतेसम्म भालुवाङ पुल्चोक स्थित निर्माणाधिन बसपार्कमा संचालन रहने छ ।

