
Ssbus
Sssbus1
Ssbus
Gsl
Pbu
ssbus
Sssbus1
Ssbus
nsm
tssbus

Hal
Pvg
Rgs
Bbu
Rsb
Rgu
Vor
Ssm
Wsp
Sbs
Asm
Gst
Sls
Rgu
nsb
Tsm
Ggd
Ksm
Bbbpu

Rmb
Syp
Ptm
Jmb
Mks
sab
Gsb
Rpp
Jmb
bbt
Abd
Bml
Pls
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक करोड रुपैयाँ बढी मूल्यको हीरा र सुनका गरगहनासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले बताएका छन् ।
बहुमूल्य गरगहनाको अवैध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति १ बजे डब्ल्यूबी १२ एभी ५५६६ भारतीय नम्बरको लेक्जोन कम्पनीको कारमा सवारहरूबाट उक्त रकम बराबरको गरगहना बरामद गरेको हो।
त्यस्तै पक्राउ पर्नेहरूमा कार चालक भारतको उत्तर प्रदेश राज्य,बलिया जिल्ला फेफना थाना बस्ने ४२ वर्षका विनोद प्रसाद,कारमा सवार पश्चिम बंगाल राज्य,हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता ५१ वर्षका गणपत कुमार तोसावर र सोही स्थानका नरेश बर्मा छन्।
बरामद गरगहना भरतपुर महानगरपालिका वडा नम्बर १२ गोन्द्राङस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा पूर्वतर्फबाट पश्चिमतर्फ गुडिरहेको कारलाई रोकी चेकजाँच गर्दा बहुमूल्य गरगहना लुकाइछिपाइ राखेको भेटिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूका साथबाट प्रहरीले ६३.८९८ तोला सुन र २२.८७८ तोला हीराका गरगहना बरामद गरेको छ। यसको मूल्य अनुमानित १ करोड १० लाख रुपैयाँ बराबर पर्ने प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
बरामद समानको विवरण परिमाण (तत्काल नापतौल गर्दा )
१ सुनजस्तो देखिने पहेँलो धातुको चोकर थान– १२ १५.५५५ तोला
२ सुनजस्तो देखिने पहेँलो धातुको सिक्री (पाइप) थान–५ ५.१७५ तोला
३ सुनजस्तो देखिने पहेँलो धातुमा हीराजस्तो देखिने चम्किलो धातुजडित औंठी थान–२ ०.६४३ तोला
४ सुनजस्तो देखिने पहेँलो धातुको बक्स औंठी थान–८ १.९९७ तोला
५ सुनजस्तो देखिने पहेँलो धातुको मिनी हार थान–५ ३.८५८ तोला
६ सुनजस्तो देखिने पहेँलो धातुको टोपा औंठी थान–२ १.५३७ तोला
७ सुनजस्तो देखिने पहेँलो धातुको लकेट थान–४ १.२९४ तोला
८ सुनजस्तो देखिने पहेँलो धातुको झुम्का ३१ जोर १२.७७२ तोला
९ सुनजस्तो देखिने पहेँलो धातुको चप्रा नभरेको चुरा थान–६ ५.७५७ तोला
१० सुनजस्तो देखिने पहेँलो धातुमा चप्रा र लाहा भरेको चुरा थान–४ ९.१६५ तोला
११ सुनजस्तो देखिने धातुको कल्ली बाला मिनासहित थान–४ ६.१४५ तोला
१२ हीराजस्तो देखिने चम्किलो धातुको हार थान–७ (ट्यागसहित) १०.३८८ तोला
१३ हीराजस्तो देखिने चम्किलो धातुको ब्रास्लेट थान–१ (ट्यागसहित) १.३७० तोला
१४ हीराजस्तो देखिने चम्किलो धातुको वाला थान–१ (ट्यागसहित) ०.६४७ तोला
१५ हीराजस्तो देखिने चम्किलो धातुको औठी थान–४ (ट्यागसहित) २.२२१ तोला
१६ हीराजस्तो देखिने चम्किलो धातुको लकेट थान–२ (ट्यागसहित) १.४१८ तोला
१७ हीराजस्तो देखिने चम्किलो धातुको झुम्का थान–१० (ट्यागसहित) ४.७०० तोला
१८ हीराजस्तो देखिने चम्किलो धातुको टप थान–१२ (ट्यागसहित) २.१०४ तोला
१९ विभिन्न किसिमका पत्थर–३६ थान
२० भारतीय नं. प्लेट डब्ल्यूबी १२एभी ५५६६ नम्बरको नेक्जोन कम्पनीको कार
