
Pbu
Ssbus
ssbus
Sssbus1
nsm
tssbus
Ssbus
Ssbus
Sssbus1
Gsl

Sls
Rsb
Tsm
Asm
Ggd
Gst
Bbu
Hal
Rgs
Sbs
Ksm
Wsp
Vor
Rgu
Rgu
nsb
Pvg
Ssm
Bbbpu

Jmb
Syp
Abd
Pls
Jmb
Ptm
bbt
Rpp
Mks
sab
Gsb
Bml
Rmb
दाङ । देउखुरीको लमही नगरपालिका बाह्रौ नगरसभा सम्पन्न भएको छ ।
लमही नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सोमबार नगरसभा भएको हो । नगरपालिकाले नगरसभा पश्चात् पत्रकार सम्मेलन गरी चालू आर्थिक बर्ष २०७९/०८० का लागि कुल १ अर्ब २४ करोड ६१ लाख ९८ हजार रकम संशोधन गरि कायम गरिएको जनाएको छ ।
यो भन्दा अघि पालिकाले कुल १ अर्ब ४० करोड २१ लाख १८ हजार रकम स्वीकृत गरेको थियो ।पालिकाले प्रक्षेपण गरेको आन्तरिक आय खस्किएको हो । ३३ करोड ८० लाख प्रक्षेपण गरिएकोमा प्रक्षिपित आय संकलन हुन नसक्ने भएपछि संशोधन गरि १८ करोड २० लाख ८० हजार मात्र कायम गरिएको छ । प्रक्षिपित रकमबाट १५ करोड ५९ लाख २० हजार आय संकलन हुन नसक्ने अबस्था देखिएकाले कुल स्वीकृत बजेटलाई संशोधन गरिएको लमही नगरका प्रबक्ता मोहन गिरीले बताए ।
नगरसभामा संशोधित बजेट बक्तब्य ब्यक्त गर्दै उपप्रमुख लक्ष्मी योगीले माघ मसान्त सम्म ६९ करोड ७० लाख ८ हजार ७ सय ७० रूपैया आय र २६ करोड २१ लाख ६३ हजार ९ सय ११ को ब्यय रकम प्रस्तुत गरिन । हाल सम्म आय रकमबाट ४३ करोड ४८ लाख ४४ हजार ८ सय ५९ रकम मौज्दात रहेको छ ।
त्यस्तै नगरपालिकाले माघ मसान्त सम्म १७ प्रतिसत भौतिक प्रगती र ६ प्रतिसत बित्तिय प्रगती भएको जनाएको छ । नगरसभाले पालिकाको प्रतीक चिन्ह (लोगो) सार्बजनिक पनि गरेको छ । चिन्हको बिचमा खरायो (लम्हा) को चित्र अंकित गरिएको छ । बिगतमा यस क्षेत्रमा बढि खरायो पाईने भएको र चौधरी भाषामा लम्हा भनिने भएकाले लम्हाबाट लमही भनेर चिनाउन खोजिएको हो ।
यसक्षेत्र चौधरीको बाहुल्यता भएकाले चौधरीका धर्म सँस्कृतीलाई झल्काउदै ढकिया, खरुवा लगायतका चित्र अंकित गरिएको छ । खेतियोग्य जमिन, ताल तलैया, पहाड, महेन्द्र राजमार्ग, पालिकाको नक्सा, हरिया बनजँगल लगायतलाई चिनाउन खोजिएको छ । नगरसभाले पालिकाबाट ४ वटा बिधेयक पनि पास गरेको छ । वन क्षेत्रलाई ब्यबस्थापन गर्न बनेको स्थानिय वन बिधेयक २०७९, स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण बिधेयक २०७९, संथा दर्ता तथा नबिकरण बिधेयक २०७९ र पालिकाको बरघर प्रणाली सम्बन्धी बनेको बिधेयकलाई पास गराउँदै नगर सभा सम्पन्न गरिएको प्रबक्ता मोहन गिरीले जानकारी दिए ।
