
nsm
tssbus
Gsl
Ssbus
Ssbus
Sssbus1
Sssbus1
ssbus
Ssbus
Pbu

Rgu
Ggd
Gst
Ssm
Rgu
Pvg
Rgs
Ksm
Bbbpu
nsb
Rsb
Tsm
Bbu
Hal
Vor
Asm
Wsp
Sls
Sbs

Bml
Pls
Rmb
bbt
Gsb
Mks
sab
Ptm
Jmb
Syp
Jmb
Rpp
Abd
रुपन्देही । रुपन्देहीको देवदहमा संचालित सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला,कृषि तथा पर्यटन महोत्सव करिव साढे ७ करोडको कारोवार गर्दै सम्पन्न भएको छ ।
उद्योग व्यापार संघको आयोजनामा माघ २६ गते महोत्सव शुरु भएको हो । महोत्सवको समापन कार्यक्रममा सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल समितिका संयोजक मेघराज ढकालले प्रतिवेदन प्रस्तुत गर्दै करिव साढे ७ करोडको कारोवार भएको जानकारी दिनु भयो ।
महोत्सव अवधिभर करिव ७० हजार दर्शकले अवलोकन गरेको जानकारी दिनु भयो । महोत्सवमा २ स्टल रहेको थियो । महोत्सवको समापन गर्दै देवदह नगरपालिका प्रमुख धुरवप्रसाद खरेलले मेला महोत्सवले आर्थिक कारोवार चलायमान गर्न सहयोग पुगेको बताउनु भयो । उहाँले देवदह क्षेत्रमा रहेका व्यवसायीक संघ-संस्थाले आयोजना गर्दै आएको मेला स्थल देवदह मण्डपलाई व्यवस्थित गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।
नगर प्रमुख खरेलले देवदह भगवान गौतम बुद्धको मावली स्थल रहेकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले कृषि र पर्यटनको प्रवर्द्धन गर्दै देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न व्यवसायीहरुले सहयोग गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाँले उत्पादनले मात्र आत्मनिर्भरसंगै आर्थिक विकास गर्न सकिने भएकोले देवदह नगरपालिकाले उत्पादनलाई विशेष जोड दिदै आएको बताउनु भयो ।
त्यस्तै उहाँले देवदह क्षेत्रमा पर्यटकीय स्थल धेरै रहेको र त्यसलाई एकिकृत विकास गर्दै अगाडि बढ्ने दावी गर्नु भयो । सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल समितिका संयोजक मेघराज ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुली, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, उद्योग व्यापार संघका सचिवालय सदस्य मनिष जोसी, नेकपा एमालेका प्रकाश अर्याल, नेपाली काङ्ग्रेसका गुनाखर भुर्तेल,उद्योग बाणिज्य संघका हरिप्रसाद भण्डारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ-संस्थालाई सम्मान गरिएको थियो । यसैगरी महोत्सवमा आयोजित विभिन्न कार्यक्रमका विजेतालाई पुरस्कार समेत वितरण गरिएको थियो । सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल समितिका सहसंयोजक अमृत फुलेलको स्वागत, सउद्योग व्यापार संघका संस्थापक अध्यक्ष गोविन्द ठड्राईको धन्यवाद ज्ञापन र महासचिव थानेश्वर लम्सालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
