
ssbus
Ssbus
Ssbus
Sssbus1
tssbus
Sssbus1
Gsl
Ssbus
Pbu
nsm

Gst
Bbbpu
Sbs
Sls
Wsp
Rgu
Bbu
Rgs
Ggd
Asm
nsb
Hal
Rsb
Tsm
Pvg
Vor
Rgu
Ksm
Ssm

Jmb
sab
bbt
Abd
Rpp
Pls
Bml
Gsb
Jmb
Rmb
Syp
Ptm
Mks
दाङ । शहरी विकास मन्त्रालयमा राजपुर गाउँपालिकाद्वारा तत्काल माग गरिएको योजना लिस्टमा राजपुर गाउँपालिकाको खोला र २२ वटा नाकाको बस्तीहरु प्राथमिकतामा परेका छैनन् ।
सोमबार लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्का र राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीद्वारा नेपाल सरकारका शहरी विकास मन्त्री विक्रम पाण्डेलाई राजपुर गाउँपलिकको विकासका लागि माग गरिएको योजनाहरुको नाम लिस्टमा खोला,नाका क्षेत्रलाई प्राथमिकतामा नराखिएको पाइएको हो ।
माननीय अनुराग खड्का नामको फेसबुकबाट सोमबार प्रकाशित भएको उक्त डेलिकेशन लिस्टमा कुनैपनि बजेटले खोला,नाका क्षेत्रलाई नछोएको पाइएपछि,उक्त पोस्टमा खोला,नाका क्षेत्रका युवाहरुले व्यापक गुनासो गरेका हुन् ।
खोला,नाका क्षेत्रलाई योजना लिस्टमा सम्बोधन नभएको भन्दै सो पोस्टमा धेरैले बिरोध जनाएका छन् । त्यस्तै देउखुरीकै समथल भूभागका केही युवाहरुले हाल माग गरिएको योजनामा विभिन्न बस्तीमा सम्बोधन नभएको भनेर बिरोधसम्म गरेको पाइएको छ भने धेरैले राम्रो कार्य भन्दै प्रशंसा समेत गरेका छन् ।
यस विषयमा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीसंग बुझ्दा अध्यक्ष बुढाथोकीले आफू निर्वाचित भएर आएलगत्तै नाका क्षेत्रको लागि सहरी विकास मन्त्रालयसंग समन्वय गरेर पहिलो योजना राजपुर गाउँपालिका वडा नम्बर २ बेलादेखि वडा नम्बर १ पटौली नाका त्यस्तै वडा नम्बर ५ को जंग्रहवादेखि वडा नम्बर ६ खाङ्ग्रा तथा वडा ७ को कुरुवादेखि ७ नम्बर वडा भैसाही नाका जोड्ने बाटोलाई बर्खाको समयमा पनि अबरुद्ध नहुने गरि १५ करोड बराबरको ३ वटा बाटोको बजेट माग भैसकेको र सो बाटोहरुको डिपिआर पहिलेनइ गरिसकेको बताउनु भयो ।
यसैगरी गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास नाकाको पुर्वदेखि पश्चिम् राजपुर गाउँपालिकाको वडा नम्बर ७ भौवा नाकाको बाटो जोड्न सिङ्जाली मार्गको लागि ३५ करोड बढीको बजेट पहिलेनइ माग गरेको र उक्त मर्मको पहिले नै डिपिआर भएको बताउनु भएको छ ।
पहिले माग गरेका बजेटहरु सामाजिक संजालमा नराखिएको हुँदा अहिलेको योजनामा खोला,नाका क्षेत्रलाई प्राथमिकता नदिएको जस्तो देखिएको हो । मैले त्यसरी विभेदनै गरेको छैन,किन भने खोला, नाका क्षेत्रसंग म नजिकबाट जानकार छु अध्यक्ष बुढाथोकीले टेलीफोन मार्फत बताउनु भयो ।
अहिले म राजपुरको विकासका लागि मन्त्रालयहरुमा डेलिकेशनका निम्ति काठमाडौं आएको छु । आज शहरी विकास मन्त्रालयमा पुगेर योजना माग गरेका छौं । संचार मन्त्रालयमा पुगेर अहिले संचालन रहेका नेपाल टेलिकमका टावरहरुको स्तर उन्नतिका लागि पनि विशेष पहल गरेको छु अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
यस्तै राजपुर कृषि क्षेत्रमा अब्बल भएको हुँदा सिचाइको लागि पाइप तथा डीप बोडिङ,कुलोको लागि सिचाइ मन्त्रालयमा पुगेर आवश्यक बजेट गरेका छौं भने अझै विभिन्न बस्तीहरुमा विद्युत लाईन विस्तार नभएको हुँदा विद्युत लाईन विस्तारको लागि उर्जामन्त्रालयमा पनि विशेष योजना माग गरेको बताउनु भयो ।
त्यस्तै राजपुरको सोमईथान,सुन छहरी,मयुर ताल, कठबेरुवाको पिकनिक स्पोटलाई पर्यटक स्थलको रुपमा विकास गर्नको लागि पर्यटन मन्त्रालयमा पुगेर आवश्यक बजेटको माग गरिएको जानकारी दिनु भयो ।
म सबै मन्त्रालयका मन्त्री ज्यूसंग सम्पर्कमा छु,उहाँहरुले सबै फाइलहरु मन्त्रालयमा पेश गर्न आग्रह गर्नु भएको छ । अब म राजपुरको विकासको लागि आवश्यक मन्त्रालयहरुमा गाउँपालिकादेखि पेश गर्नको लागि बनाइएका योजनाहरु चार वटै मन्त्रालयमा पेश गरेर मात्र फर्कन्छु अध्यक्ष बुढाथोकीले सिधा-पत्र डटकमलाई जानकारी दिनु भएको छ ।केही कमेन्टहरु:

