ओमप्रकाश गुप्ता बिहिबार, माघ १९, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विषटले १० नबज्दै कार्यालयमा आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएका छन् ।

यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको विश्वास छ । गाउँपालिका अध्यक्ष विष्टले बिहीबार बिहान १० नबज्दै कार्यालय आइपुगेका कर्मचारीहरुलाई फूलका गुच्छा दिंदै यसरी सम्मान गरेका हुन् ।

यस्तै अध्यक्ष विष्टले भने,‘समयमै आउने र जनताका काम छिटो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने हाम्रो अभियान हो । सधैंभरी यसैगरी छिटो काममा आउनु होला र सेवा दिनु होला अध्यक्ष विष्टले आग्रह गरे ।’

लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको राप्ती गाउँपालिका कार्यालयमा करिब ६० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]