
Ssbus
Ssbus
tssbus
Gsl
nsm
Sssbus1
Ssbus
Pbu
ssbus
Sssbus1

Asm
Wsp
Ksm
Rsb
Rgs
nsb
Sls
Vor
Rgu
Pvg
Tsm
Rgu
Gst
Sbs
Ssm
Bbbpu
Bbu
Ggd
Hal

Jmb
Mks
sab
Rmb
Rpp
Jmb
Gsb
bbt
Abd
Ptm
Syp
Pls
Bml
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँस गजेरीका स्वर्गीय खिम बहादुर कँवर योगीका परिवारलाई आई.एम.ई.लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी बापत १ करोड बढी चेक आइतबार राजपुर-२ बेलामा हस्तान्तरण गरेको छ ।
आई.एम.ई.लाइफ इन्स्योरेन्स लमही शाखाका प्रमुख
कृष्ण कुमार चौधरीको अध्यक्षता तथा आई.एम. ई. लाइफ इन्स्योरेन्स कर्णाली तथा लुम्बिनी प्रदेशका प्रमुख प्रेमप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्य एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको विशेष अतिथिमा खिम बहादुरका श्रीमती ओम कुमारी बस्नेत र छोरा दामोदर कँवर योगीलाइ एक करोड,१ लाख,७५ हजारको चेक हस्तान्तरण गरिएको हो ।
उक्त चेक हस्तान्तरण गर्दै प्रमुख अतिथि तिमिल्सिनाले बिमा जीवनमा अनिवार्य बनाउनु पर्ने र यसबाट मानिसको जीवन सुरक्षित रहने बताउनु भएको छ । हरेक मानिसको कारोबारमा पैसा चलाउने विभिन्न माध्यमहरु रहेको भएपनि बिमा कम्पनीले एउटा मानिसको जीवनलाई सुरक्षित गर्ने र बिमा गरेको मानिस कुनै दुर्घटना वा अकालमा मृत्यु भएको खण्डमा घरपरिवारको दुखमा सहयोग पुराउने बताउनु भयो । त्यस्तै उहाँले अब प्रत्येक पालिकासंग समन्वय गरि वडा,टोल- बस्तीमा पुगेर बिमा सम्बन्धि जनचेतनामूलक सन्देशलाई प्रभावकारी बनाउने समेत बताउनु भएको छ ।
त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले हरेक कानुनी प्रावधानहरु झन्झटिलो रहेको र अब राजपुर गाउँपालिकाले प्रत्येक वडाका टोल-बस्तीहरुमा पुराउने योजना बनाउन लागेको बताउनु भयो । मानिसको जीवनमा बिमा अति आवश्यक रहेको हुँदा अब राजपुर गाउँपालिका भित्र यस कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि हरेक झन्झटिला कार्यक्रमहरु वडा स्तरद्वारा टोल बस्तीमा पुगेर नागरिकलाई सेवा प्रदान गर्ने वातावरण राजपुर गाउँपालिकाले मिलाउन लागेको बताउनु भयो ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवले अब बिमा कार्यक्रमलाई वडा स्तरदेखि टोल बस्तीमा समेत प्रभावकारी ढंगले संचालन गर्नु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर जमान सिंह गिरीले आफू कम्पनीको एउटा जिम्मेवारी व्यक्ति भएको हुँदा यस राजपुर गाउँपालिका क्षेत्रबाट जोडिएका सेवा ग्राहीहरुका साथमा आफू सधै रहने बताउनु भयो । त्यस्तै उहाँले यस कम्पनीबाट सेवा लिएका सेवा ग्राहीमा कुनै अप्रिय घट्ना घटेको खण्डमा मृत्यु दाबी भुक्तानीको प्रक्रियामा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउदै मृत्यु दाबी भुक्तानी सम्बन्धि जानकारी गराउनु भएको थियोे ।
कार्यक्रममा स्वर्गीय योगीको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । योगीले २०७८ साल ५ महिना १३ गतेको दिन ५० लाखको बिमा बनाउनु भएको थियो भने उहाँको २०७८/८/२९ गतेको दिन पानीमा डुबेर मृत्यु भएको हो । यस्तै योगीले जम्मा ३ लाख ५२ हजार मात्र कम्पनीलाई किस्ता बुझाउनु भएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का निवर्तमान अध्यक्ष दुर्गा प्रसाद शर्मा (गोपाल)सोही वडाका निवर्तमान वडा सदस्य अर्जुन जिसी, इन्स्योरेन्स कम्पनीका भालुबाङ शाखा प्रमुख कमल आचार्य,गढवा होटल व्यवसायी संघका सचिव तिलक पुन,एजेन्सी सुनिल केसी,नेकपा एमाले राजपुर गाउँ कमिटीका अध्यक्ष हेम कुमार जिसी, एजेन्सीहरु रेखा गिरी,नर बहादुर भण्डारी, पंकज चौधरी,बिन्तीराम चौधरी,श्याम चौधरी लगायतको सहभागी रहेकोे उक्त कार्यक्रमको संचालन आई.एम.ई.इन्स्योरेन्स क्षेत्रीय प्रबन्धक दिपेन्द्र रावतले गर्नु भएको थियो ।
