
Rsb
Gsb
Ksb
Usb
Tgp
Ksb
Ksb
Bsn
Rks
Nsb
Ssb
Ssb
Ppu
Csb

Hl1
Usb
Ssb
Gsb
Tsb

Nps
Rgu
ptl
काठमाडौं । सुनको मुल्य तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको मुल्य शुक्रबार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मुल्य तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।
त्यस्तै गतवर्ष फागुन २५ गते सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको थियो । त्यति बेला सुनको मुल्य बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता मुल्य घट्न थाले पनि फेरि सुनको मुल्य बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै मुल्य बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
