
Rgp1
Pbu
Srbpu
Lnp
pku
Rgp
Sgr
Unsku
Ggp

Rgu
Ggd
Tsm
Hal
Wsp
Gst
Bbbpu
Pvg
Ksm
Sbs
nsb
Vor
Rgu
Rgs
Sls
Asm
Rsb
Ssm
Bbu

Syp
bbt
Jmb
Ptm
Rmb
Abd
Bml
Mks
sab
Rpp
Pls
Gsb
Jmb
रुपन्देही । रुपन्देही प्रहरीले व्यवसायीहरुलाई धम्काएर रकम असुली गरेको आरोपमा बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ ।
हात हतियार विस्पोटक पदार्थसहित धाकधम्की दिई नगद फिरौती रकम माग गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नाउब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यस्तै पक्राउ पर्नेमा सैनामैना-१ परोहा निवासी ३५ वर्षीय नविन चन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका २ निवासी २७ वर्षीय विश्वराज कार्की रहेका छन् । उनीहरुको साथबाट प्रहरी एक थान रिभल्वर, तीन थान मोबाइल र व्यापारीहरुको नाम र नम्बर भएको दायरी बरामद गरेको छ ।
यस्तै बुटवल उपमहानरपालिका वडा नम्बर ११ देवीनगरस्थित चौतारीबाट पक्राउ परेका उनीहरुविरुद्ध रोयल ग्रुप नामक समूह बनाएर विभिन्न व्यवसायीसँग १० हजारदेखि लाखौं रुपैयाँसम्म असुली गर्न धम्काउने गरेको आरोपमा उजुरी परेको थियो । उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भैरहेको डिएसपी अर्यालले बताए ।
