
Ssbus
Ssbus
Gsl
ssbus
Sssbus1
Ssbus
Sssbus1
Pbu
tssbus
nsm

Sls
Rgs
Wsp
Bbbpu
Vor
Ssm
Sbs
nsb
Tsm
Hal
Ksm
Gst
Asm
Pvg
Rsb
Rgu
Ggd
Bbu
Rgu

Jmb
sab
bbt
Rmb
Syp
Gsb
Bml
Mks
Jmb
Pls
Ptm
Rpp
Abd
दाङ । राजपुर गाउँपालिकाले आफ्नो पालिकाका करिब २ हजार बढी सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई वडा तहबाटै बितरण गरिरहेको छ।
पालिकाले पौष ४ गते वडा नम्बर ६ बाट भत्ता बितरण सुरु गरेको हो । बिहिवार वडा नम्बर ३ का २ सय ९८ जनालाई भत्ता बितरण गरिएको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । अहिले सम्म पालिकाले वडाको १, २, ३, ५, ६ र ७ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता बितरण गरिसकेको छ । पालिकाले ४ नम्बर वडामा २३ गते भत्ता बितरण गरि पहिलो चरणको बितरण कार्यको समापन गर्दैछ ।
बृद्ध बृद्धा तथा अपाङ्गता भएका ब्यक्ती हरुलाई बैँक सम्म जानपनि मुस्किल पर्ने भएपछी गाउँपालिकाले यस्तो अभियानको शुरुवात गरेको हो । जसले गर्दा नेतृत्व तर्फ पालिकाबासीमा थप हौसला पैदा भएको छ ।भत्ताकै निम्ति टाढा टाढाबाट बैँक सम्म आएर घण्टौ लाईन लाग्नुपर्ने बाध्यता हटेको छ ।
भुगोलले ठूलो भएको पालिकामा टाढाका बस्ती थुप्रै छन । खासगरी नाका तथा खोलाका बासिन्दाहरु भत्ताका लागि १ भन्दा बढी दिन छुट्टाएर बैँकसम्म आउनुपर्ने बाध्यता थियो । त्यहीमाथी एकैचोटी भत्ता आउने भएकाले घण्टौ लाईन लाग्नुपर्ने बाध्यता थियो । यिनै बाध्यतालाई मध्यनजर गर्दै घरघरमा स्थानिय सरकारको अनुभुती दिलाउन वडा-वडाबाट भत्ता बितरण गरिरहेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए ।
यस्तो अभियानले राजपुरबासीलाई समयको बचत सँगै बैँकको झन्झटिलो हटेको राजपुर १ पटौली नाका निवासी प्रेम घर्ती मगरले बताए । पालिकाको सहकार्यमा ग्लोबल आईएमई लमही शाखाले भत्ता बितरण गरिरहेको छ ।

