टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, पौष २२, २०७९

दाङ । राजपुर गाउँपालिकाले आफ्नो पालिकाका करिब २ हजार बढी सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई वडा तहबाटै बितरण गरिरहेको छ।

पालिकाले पौष ४ गते वडा नम्बर ६ बाट भत्ता बितरण सुरु गरेको हो । बिहिवार वडा नम्बर ३ का २ सय ९८ जनालाई भत्ता बितरण गरिएको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । अहिले सम्म पालिकाले वडाको १, २, ३, ५, ६ र ७ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता बितरण गरिसकेको छ । पालिकाले ४ नम्बर वडामा २३ गते भत्ता बितरण गरि पहिलो चरणको बितरण कार्यको समापन गर्दैछ ।

बृद्ध बृद्धा तथा अपाङ्गता भएका ब्यक्ती हरुलाई बैँक सम्म जानपनि मुस्किल पर्ने भएपछी गाउँपालिकाले यस्तो अभियानको शुरुवात गरेको हो । जसले गर्दा नेतृत्व तर्फ पालिकाबासीमा थप हौसला पैदा भएको छ ।भत्ताकै निम्ति टाढा टाढाबाट बैँक सम्म आएर घण्टौ लाईन लाग्नुपर्ने बाध्यता हटेको छ ।भुगोलले ठूलो भएको पालिकामा टाढाका बस्ती थुप्रै छन । खासगरी नाका तथा खोलाका बासिन्दाहरु भत्ताका लागि १ भन्दा बढी दिन छुट्टाएर बैँकसम्म आउनुपर्ने बाध्यता थियो । त्यहीमाथी एकैचोटी भत्ता आउने भएकाले घण्टौ लाईन लाग्नुपर्ने बाध्यता थियो । यिनै बाध्यतालाई मध्यनजर गर्दै घरघरमा स्थानिय सरकारको अनुभुती दिलाउन वडा-वडाबाट भत्ता बितरण गरिरहेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए ।

यस्तो अभियानले राजपुरबासीलाई समयको बचत सँगै बैँकको झन्झटिलो हटेको राजपुर १ पटौली नाका निवासी प्रेम घर्ती मगरले बताए । पालिकाको सहकार्यमा ग्लोबल आईएमई लमही शाखाले भत्ता बितरण गरिरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]