
Rgp1
Sgr
Djs
cjs
sbs
Ggp
Lnp
Pes
Unsku
Gfs
Srbpu
Rgp
pku
Pbu

Asm
Sbs
Pvg
Rsb
Bbu
Wsp
Ksm
Vor
Hal
nsb
Sls
Ssm
Rgu
Gst
Bbbpu
Ggd
Rgu
Tsm
Rgs

sab
Jmb
Syp
Rpp
Gsb
bbt
Mks
Rmb
Jmb
Pls
Ptm
Bml
Abd
दाङ । गढवा गाउँपालिकाको प्रथम चौमासिक सार्बजनिक सुनुवाई बुधवार कुलपानी पार्कमा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको रेडियो साझा आवाज गढवाले सहजिकरण गरेको हो । कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाले गढवा बजारमा हुने संभावित दुर्घटना कमगर्न मुख्यचोंकलाई फराकिलो बनाउनु पर्ने,फोहर ब्यवस्थापनको दिर्घकालिन समाधानमा ध्यान दिनुपर्ने,सडकबत्ति महसुल स्थानीय सरकारबाटै भुक्तानी हुनुपर्ने र पालिकाका मुख्य मुख्य चोकहरुमा सोलारबत्ति ब्यवस्थापन गरि सुरक्षा कायम गर्न आवश्यक रहेको गाउँपालिकालाई सुझाव दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा नागरिक समाज गढवाका उपसंयोजक खगेश्वर शर्माले निर्माणकार्य रोकिएको हुलाकी सडक तत्काल सुरु गराउन सम्बन्धित पक्षसंग समन्वय गर्न,राजधानी ब्यवस्थापनका लागि जग्गा एकिकरणको काम ब्यवस्थापन गर्न र मलखाद ढुवानीमा स्थानीय सरकारले अनुदान ब्यवस्थापन गर्न तथा नागरिकहरुलाई प्रवाहगरिने सेवाको प्रभावकारीता थप ब्यवस्थापन गर्न माग गर्नुभएको छ ।
यस्तै कार्यक्रममा जवाफदेहि बक्ताको तर्फबाट गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासले फोहर ब्यवस्थापनको र्दिकालिन समाधानका लागि स्थानीय सरकारको तर्फबाट पहल भैरहेका बताउनुभयो । राजधानी ब्यवस्थापन र जग्गा एकिकरणको कार्यसम्पन्न गर्न गढवा,राप्ती र सितगंगा नगरपालिकाका गरी कुल १४ वडा समेटेर सर्बदलिय सर्बपक्षिय समिति बनाईएको,राप्ती तटबन्धनका लागि एशियाली बिकास बैंक मार्फत नेपाल सरकारले ठेक्का टेण्डर आव्हान गरिसकेको र खहरेखोलाहरुको कटान रोक्न बिभिन्न निकायहरुमा तटबन्धनकालागि स्थानीय सरकारको तर्फबाट पहल भैरहेको उहाँले बताउनु भयो ।
किसानहरुको समस्यालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाले कृषि उपज संकलनका लागि संकलन केन्द्र र सितभण्डारको ब्यवस्थापन गर्दै किसानका उत्पादनलाई बजारीकरणमा समेत सहज बनाउन आन्तरीक पहल गरिरहेको तथा एउटै मुल्यमा किसानहरुलाई राशायनिक मल उपलब्ध गराउन सम्बन्धित निकायसंग पहल गर्ने लगायतका बिषयमा प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीले चालु आब को हालसम्म भए गरेका कामहरु र सेवा प्रबाहमा गाउँसभाले पारित गरेका निती तथा कार्यक्रमहरु बमोजिम कार्यसम्पादन गरिएका थप योजनाहरुका बारेमा बिस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाईमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा,नागरिक समाज गढवाका उपसंयोजक खगेश्वर शर्मा,गढवा बहुमुखि क्यम्पसका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरै, नेपाली काङ्ग्रेस गढवाका सचिव पोषणराज शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक,जनता समाजवादी पार्टीका महबुव अली मुसलमान, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, नेपाल रेडक्रस उपशाखा गढवाका सभापति दयाराम यादव, स्थानीय नागरिकहरु गिरीराज योगी र धनकली बिश्वकर्मा, गढवा होटल ब्यवसायि संघका प्रतिनिधी टोपलाल सुवेदी सागर, दलित शसक्तिकरणका जया बिश्वकर्मा,समाजसेवी बुद्धिजिवी चित्रबहादुर महतरा,आयोज योगी, मुक्त कमलरी बिकास मञ्चका ज्ञानु थापा, शान्ती पुर्नस्थापना गृह कोइलाबासका सिमा जिसी,दक्षिण देउखुरी अधिकार मञ्चका पूजा चौधरी लगायतले स्थानीय सरकारलाई सेवाको प्रभावकारीतामा थप ध्यान दिन बिभिन्न सुझावहरु राख्नु भएको थियो ।
गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सार्बजनिक सुनुवाईको सहजिकरण रेडीयो साझा आवाजका प्रबन्ध निर्दैशक दुखहरण यादव,पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद शिबराज पन्थी,पत्रकारहरु सपना पौडेल,पुष्पा पौडेल र उमिता चौधरी लगायतले गर्नु भएको थियो ।
