
Sssbus1
Ssbus
Sssbus1
Ssbus
Ssbus
nsm
tssbus
Pbu
Gsl
ssbus

Rgu
Rgu
Ggd
Pvg
nsb
Rsb
Asm
Tsm
Ksm
Wsp
Hal
Sls
Sbs
Rgs
Bbu
Bbbpu
Gst
Ssm
Vor

Ptm
Jmb
Rpp
Jmb
sab
Rmb
Pls
bbt
Abd
Gsb
Bml
Syp
Mks
दाङ । घोराहीमा बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी तथा व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् । बन्द,हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै बुधबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा दाङको घोराहीमा प्रदर्शन गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा गरिएको कार्यक्रममा सहभागिहरुले मनपरी ब्याजदर बढाउन पाईदैन्, उद्योग धन्दा नबचे अर्थतन्त्र बच्दैन्, ब्यवसायीक एकता जिन्दावाद, व्यवसायीक वातावरण श्रृजना गर जस्ता नारा लगाएका थिए ।
त्यस्तै सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन्। तर अहिले बैंकको ब्याजदर धान्नै नसक्ने अवस्था भएको भन्दै उनीहरूले महासंघको नेतृत्वमा नेपाल राष्ट्र बैंक र सरकारमाथि औंला ठड्याएर ब्याजदर घटाउन माग गरिरहेका छन्। चर्को ब्याजले व्यवसाय सञ्चालनमा कठिनाइ भएको उद्योगी–व्यवसायीको गुनासो छ ।
यस्तै ब्याजदर धान्नै नसक्ने अवस्था आएकाले आन्दोलनमा उत्रिनुपरेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्माले बताए । राष्ट्र बैंकले बढ्दो ब्याजदर नियन्त्रण गरी नीतिगत रूपमा समस्या सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । शर्माले दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
सो ज्ञापन पत्र वुझदै सहायक प्रमुख जिल्ला अधिकारी पुनले उद्योग वाणिज्य संघले वुझाएको ज्ञापन पत्र सम्वन्धीत निकायमा पठाइ दिने बताउनु भयो । साथै व्यावसायीको माग प्रति आफु सकारात्मक रहेको उहाँको भनाई छ । विहान ढुवानीका गाडीहरुले समेच र्याली निकालेका थिए । र्याली बहुदेश्य सभा गृहबाट सुरु भएर वजार परिक्रममा गरेर सभाहलमा पुगेर समापन गरिएको थियो ।
त्यस्तै प्रदेश स्तरीय उद्योग वाणिज्य संघहरुको भेलाले आन्दोलनको कार्यक्रम समेत तय गरेको छ । पुस १५ गतेदेखि आन्दोलनका कार्य सुरु हुन भएको छ । हस्ताक्षेर, विरोध प्रदर्शन, घेराउदेखि केन्द्रमा गएर राष्ट्र बैंक घेरा गर्ने लगायतका कार्यक्रम गरिने बताइएको छ । व्यवसायीहरुले यस भन्दा अगाडिपनि पटकपटक उद्योग बाणिज्य संघसंग समन्वय गरेर आन्दोलनका कार्यक्रम गर्दै आएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले बताए ।
