
Rgp1
pku
Unsku
Lnp
Ggp
Pbu
Rgp
Srbpu
Sgr

Ggd
Bbbpu
Pvg
Hal
Wsp
Sls
Rgu
Ksm
Tsm
Rsb
Asm
Gst
Bbu
Rgs
Sbs
nsb
Vor
Ssm
Rgu

Pls
Abd
Syp
Rmb
Jmb
Ptm
Gsb
Mks
bbt
sab
Jmb
Rpp
Bml
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ घर भै हाल क्यानडामा बस्नुहुने हरि पाण्डे र निशा पाण्डेले आफ्ना बुकाको चौरासीपूजाको खर्च कटौति गरि गढवाका बिपन्न र सिमान्तकृत बर्गका अनाथ बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।
बिदेसी भूमीमा रहेर पनि स्वदेश प्रतिको स्नेहता र सेवामुखी मानवताको गतिलो उदाहरण प्रस्तुत गर्नुभएको भन्दै पाण्डे दम्पत्तिलाई गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बिक र वडा अध्यक्ष बिरबहादुर आलेले उच्च प्रशंसा सहित धन्यवाद दिनु भएको छ । गढवा ५ मदपुर निवासी बिमला सुनारका श्रीमान भारतमा लापत्ता भएको बर्षौ भएको छ । उहाँले आफ्ना २ छोराछारी शुरेस र झरनालाई मजदुरी गरेर स्कूलको खर्च जोहो गर्दै आएको र जाडोमा न्यानो कपडा किन्ने आफ्नो क्षमता नभएको बताउनुभयो ।
न्यानो कपडा किन्ने पैसा थिएन,छोराछोरी जाडोले कठ्याग्रीएका थिए । आज न्यानो कपडा पाउँदा म त खुसी नै छु ति नानीबाबुहरु झनै हौसिएका छन्–उहाँले आँखा रसाउँदै भन्नुभयो । मेरो पनि घरमा समस्या भएकोले न्यानो कपडा थिएन । स्कूल आउँदा कस्तो जाडो हुन्थ्यो । आज न्यानो कपडा पाएर खुसी भएका छौं सोही बिद्यालयको कक्षा ८ मा पढ्ने एलिना चौधरी र कक्षा ६ मा पढ्ने झकास बिकले भन्नुभयो ।
गढवा ७ बस्ने मानबहादुर थापा मगर पनि आफ्नो छोरी मियम थापाले न्यानो कपडा पाउँदा खुसी हुनुहुन्थ्यो । आफ्नो पारिवारीक अवस्था कमजोर भएको र न्यानो कपडा किन्न नसकिरहेको बेला आफ्नो छोरी नविना खातुनले कपडा पाएकोमा गढवा ६ निवासी जाहिदा खातुनको मुहारमा पनि खुसी छाएको थियो । बिद्यालयले बिपन्न सिमान्तकृत वर्गका अभिभावक समेतलाई बोलाएर उनिहरुका छोराछोरीहरुलाई न्यानो कपडा वितरण गरेको ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीले बताउनुभयो ।
बिहिवार बालकल्याण आधारभूत बिद्यालय गढवा ६ बालाखुटीले एक कार्यक्रमको आयोजना गरि सो बिद्यालयमा अध्ययनरत शिसु कक्षा देखी ८ कक्षा सम्मका अति बिपन्न,सिमान्तकृत तथा अनाथ ५५ जना बिद्यार्थीहरुलाई पाण्डे दम्पतिले पठाउनुभएको न्यानो कपडा वितरण गरेको हो । बिद्यालय ब्वस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बिरबहादुर आले,वडा सदस्य दिनमणि आचार्य र गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले बिद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गर्नुभएको हो । यस्तो अवसरको चाँजो पाँजो मिलाउन गढवा गाउँपालिका वडानम्बर ६ का वडा सदस्य दिनमणि आचार्य र सोही बिद्यालयमा अध्यापन गर्नुहुने राधा पाण्डेले भूमिका खेल्नुभएको कार्यक्रममा जानकारी गराइएको हो ।
त्यस्तै न्यानो कपडा पाउनेहरुमा अधिघकांशको बुवा वा आमा नभएका,पारिवारीक स्थिती निकै कमजोर भएका अतिबिपन्न बिद्यार्थीहरु रहेको बिद्यालयका प्रअ ताराप्साद ढुंगानाले बताउनु भयो । बिदेशबाट पाण्डे दम्पतिले मानविय सेवामा देखाउनु भएको उदाहरणिय कामप्रति साधुवाद दिन्छौं–बिब्यस अध्यक्ष हुमाकान्त सुवेदीले भन्नुभयो ।
