
Rgp1
Sgr
Unsku
Pbu
Srbpu
Rgp
Lnp
Ggp
pku

Asm
Wsp
Tsm
Sbs
Ggd
Rgs
nsb
Rgu
Ssm
Hal
Pvg
Rsb
Gst
Vor
Rgu
Sls
Ksm
Bbbpu
Bbu

Rmb
Syp
Bml
Gsb
sab
Pls
Jmb
Rpp
Ptm
Abd
Jmb
Mks
bbt
दाङ । गढवा गाउँपालिकाको आयोजना एवं देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सहआयोजना र गढवामा कृयाशिल १९ वटा सरकारी गैरसरकारी संघ संस्थाहरुको समन्वय सहकार्यमा यहि मंसिर ९ गतेदेखि २४ गतेसम्म बिभिन्न कार्यक्रमहरु गरि लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय कार्यक्रम मनाईने भएको छ ।
सभ्य समाजको पहिचान,लैंगिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको मुख्य आर्थिक सहयोग र बिस वटा संघसंस्थाहरुको समेत आर्थिक लगानी तथा समन्वय सहकार्यमा सबैको अपनत्व बोध हुनेगरि गढवाका आठवटै वडाहरुमा कार्यक्रम सञ्चालन गर्न थालिएको सह आयोजक देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकले जानकारी दिनुभयो ।
जस अनुसार मंसिर ९ गते गढवा गाउँपालिकाको प्राङ्गणबाट सुरु गरिएको ब्यानर र प्लेकार्ड सहितको प्रदर्शनले गढवा बजार परिक्रमा गरि इलाका प्रहरी कार्यालय अगाडी दिप प्रज्ज्वलन गरि सभा सम्पन्न गरेर कार्यक्रमको बिधिवत उद्घाटन गरिएको छ । देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गर्नुभएको हो । कार्यक्रममा बोल्दै लैंगिक हिंसाको अन्त्य गर्न आफ्नो घरबाटै सुरु गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,वन तथा वाताबरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त,वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर र चेतनशिल महिला समाज केनद्रका अध्यक्ष सकुन्तला डिसी लगायतले बोल्नु भएको थियो ।
तय गरिएका कार्यक्रम अन्तर्गत मंसिर ११ गते दक्षिण देउखुरी अधिकार मञ्चको संयोजनमा गढवाको वडा नं.३ मा कार्यक्रम गरिने भएको छ भने मंसिर १६ गते दलित शसक्तिकरण अभियानको संयोजनमा गढवाको २ नम्बर वडामा कार्यक्रम गरिने भएको छ । त्यस्तै मुक्त कम्लरी बिकास मञ्च दाङको समन्वय सहकार्यमा मंसीर १८ गते वडानं.५ र १९ गते वडा नं.७ मा अन्तरक्रियात्मक कार्यक्रम गरिने भएको छ । मंसिर २१ गते शान्ती पुर्नस्थापना गृहको संयोजनमा कोइलाबासमा तथा मंरि २२ गते धानखोला कृषि सहकारी संस्था र समुदाय स्रोत ब्यवस्थापन केन्द्रको संयोजनमा गढवाको १ नम्बर वडामा कार्यक्रम गरिने भएको छ ।
त्यसैगरी मंसिर २० गते स्वान नेपालको संयोजनमा वडा नम्बर ४ मा तथा सिपी नेपाल र चेतनशिल महिला समाज केन्द्रको संयुक्त संयोजनमा मंसिर १५ गते गढवाको ६ नम्बर वडामा कार्यक्रम गरिने भएको गाउँपालिकाले जनाएको छ । वडागत कार्यक्रमहरु सम्पन्न भएपछि गढवा गाउँपालिकाको केन्द्रबिन्दु गढवा बजारमा महिलाहरुको बिचमा बिभिन्न खेलकुद्हरु सहित मंसिर २४ गते बृहत्त कार्यक्रमको आयोजना गरि समापन गरिने सह आयोजक देउखुरी सामुदायिक पुस्तकालयले जनाएको छ ।
सो कार्यक्रमका लागि देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले सहआयोजकको भूमिका खेलेको छ भने अन्य सह आयोजक र समन्वय सहकार्यको भूमिकामा इलाका प्रहरी कार्यालय,मुक्त कम्लरी बिकास मञ्च दाङ,चेतनशिल महिला समाज केन्द्र,दक्षिण देउखुरी अधिकार मञ्च,नेपाल इन्द्र फाउण्डेशन,गढवा उद्योग बाणिज्य संघ,सिपी नेपाल, नवस्वर्गद्धारी महिला सहकारी,वन तथा वातावरण समन्वय समिति,शान्ती पुर्नस्थापना गृह कोइलानबास,नेपाल रेडक्रस सोसाईटी,नेपाल हृदयरोग निवारण केन्द्र दाङ,दलित शसक्तिकरण अभियान,मुस्लिम एकता समाज,समुदाय स्रोत ब्यवस्थापन केन्द्र,धानखोला कृषि सहकारी संस्था, स्वान नेपाल,रेडियो साझा आवाज,ग्रिन भ्याली स्कूल फ्रेण्ड्स क्लब लगायत २० वटा संघसंस्थाहरुको संलग्नता रहेको आयोजकले जनाएको छ ।
त्यस्तै मंसिर ११ गतेदेखि २४ गते सम्म लगातार सबै वडाहरुमा बिभिन्न कृयाकलाप सहितको कार्यक्रमहरु गरिने सामुदायिक पुस्तकालयका अध्यक्ष तथा गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार शिबराज पन्थीले गर्नुभएको थियो ।

