
Rgp1
Pbu
pku
Lnp
Srbpu
Sgr
Ggp
Rgp
Unsku

Tsm
Rgu
Hal
Sls
Ksm
Sbs
Rsb
Wsp
Ssm
Ggd
Asm
Bbu
Bbbpu
Gst
Rgs
Rgu
Pvg
nsb
Vor

Rpp
Gsb
sab
Pls
Jmb
bbt
Syp
Rmb
Mks
Abd
Jmb
Bml
Ptm
दाङ । दाङको राप्ती गाउँपालिकाले प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ।
छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधि निर्माण गरेर आर्थिक रूपमा विपन्न,दलित,मुक्त कमैया द्वन्द्व पीडित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको हाे।
प्रविधि,फार्मेसी,बिएसी.एजी.,वि भि एस्सी एण्ड ए. एच,विएसी.नर्सिङ,वि.इ.,वि.डि.एस.,वि.पि.एच. अध्ययनका लागि छात्रवृत्ति दिइने गाउँपालिकाले जनाएको छ। आर्थिक अभावमा गाउँपालिकाका कुनै पनि विद्यार्थीले प्राविधिक शिक्षा पढ्न वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो छात्रवृत्ति दिन थालिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।
यस्ता विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ । डिप्लोमा तहको पढाई मा लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्ने छ,भने स्नातक तह को पढाईमा ५०% छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
अध्यक्ष विष्टले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण क्षमता कुण्ठिएर बसेका विद्यार्थीको क्षमता प्रस्फुटनका लागि छात्रवृत्ति दिन थालेको भन्दै यो निरन्तर रहेक वर्ष प्रदान गरिने समेत बताउनुभयो।
