
jsb
Ksb
Nsb
Ksb
Ksb
Rks
Bsn
Fmb
Usb
Rsb
Tgp
Ssb
Gsb
Ssb
Ppu
Csb

Usb
Ssb
Hl1
Tsb
Gsb

Rgu
Nps
ptl
दाङ । राष्ट्र बैकले वृद्धि गरेको बैक व्याजको विरोधमा आन्दोलनको घोषणा गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघले आफना वस्तुगत समितिसंग छलफल गरेको छ ।
संघले विहिवार वस्तुगत समितीहरुसंग छलफल गरेको हो । छलफलमा संघका अध्यक्ष टंकसिंह वुढाथोकीले उद्योगी तथा व्यावसायीहरु वाध्य भएर आन्दोलनमा जानु परेको बताए । उनले एक अंकको व्याजदर कायम हुनु पर्ने,बैंकहरुले विभिन्न शिर्षक मार्फत लिने सेवा शुल्क लगायतका कुनै पनि शुल्क लिन नपाउने माग राखिएको जानकारी दिए । पुरानो चालु पूँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागु पर्ने, कर्जाको व्याजदर पुनः संरचना गर्न दिनुपर्ने, बैकहरुले अगाडी बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्ने लगायत माग रहेको अध्यक्ष वुढाथोकीले बताए ।
आगामी कार्तिक २३ गते सम्म गरिएको चरणवद्ध आन्दोलनलाई बेवास्ता गरि मागहरु सम्बोधन नभएमा बैठक बसी २४ गते बाट आन्दोलनका थप कार्यक्रम निर्धारण गन समेत उनले बताए । संघले आन्दोलन अन्र्तगत विरोधर्याली,कोण सभा, बैकहरुमा प्लेकार्ड सहित धर्ना वस्ने,कार्यक्रम रहेकाले वस्तुगत समितीको पनि सहयोग रहने बताएका थिए । ‘पहिलो चरणको आन्दोलन वाट माग पुरा नभए थप कडा आन्दोलन गरिने छ ’ उनले भने । निजी क्षेत्रलाई धरासयी बनाउने गरी बैंक तथा वित्तीय संस्थाहरुले महिनै पिच्छे बढाईरहेको कर्जा व्याजदरको विषयलाई लिएर नीजि क्षेत्र आन्दोलित बनेको छ ।
त्यस्तै छलफलमा सहभागिहरुले संघले थालेको आन्दोलनमा आफुहरुको पनि साथ र सहयोग रहने बताएका थिए । वृद्धि गरेको व्याजको कारण उद्योगी व्यावसायी तथा नागरिकले सास्ती भोग्नु परेको उनीहरुको भनाइ थियो । वृद्धि गरिएको व्याज फिर्ता नहुदा सम्म आन्दोलन जारी राख्न समेत आग्रह गरेका थिए । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल,संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की,सन्तोष श्रेष्ठ,निमवहादुर वुढाथोकी,विष्णुप्रसाद सुवेदी,दीपक पाण्डे,दामोदर के सी लगाएतकाले भनाइ राखेका थिए ।
यस्तै कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । संघले विभिन्न क्षेत्र संग यस विषयमा छलफल जारी राखेको छ । सबै क्षेत्रको छलफल गरेर अगाडि वढीने संघले बताएको छ ।

