
syysr
Ddhbs
Rbs
Ratbs
Gsbus
Pbu
Ssbus
Gsl
Csbus
Syees
dsbus
Bksbus5
Amb
gms
Nssbus7
Jsbus

Ksm
Gst
Tsm
Rsb
Asm
Bbu
Hal
Sbs
nsb
Wsp
Rgu
Ggd
Ssm
Rgs
Vor
Sls
Bbbpu
Rgu
Pvg

Bml
Mks
Jmb
Ptm
sab
Jmb
Rmb
Syp
Rpp
bbt
Pls
Abd
Gsb
दाङ । गढवा गाउँपालिका वडा नम्बर–४,मगरौटामा आज विभिन्न राजनीतिक दल परित्याग गरी करिब १ सय ५० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी,क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्यद्वय अनुप कुमार थापा र गिरिजादेवी न्यौपाने लगायतका नेताहरुले स्वागत गरेका थिए ।
काङ्ग्रेस प्रवेश गर्नेहरुमा स्थानीय माओवादी नेता तथा कार्यकर्ता हरिपाल यादव,रामपाल यादव,राम किशोर यादव,नेकपा एमालेबाट हरिलाल यादव तथा जनता समाजवादी पार्टीबाट कल्याण सिंह यादव लगायत १ सय ५० जना रहेका छन् । कल्याण सिंह यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट गढवा गाउँपालिका–४ का वडा अध्यक्षका प्रत्याशी रहेका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेस गढवा गाउँपालिका–४ का वडा सभापति प्रदीप केसीको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन वडा उपसभापति रणबहादुर विकले गरेका थिए भने नेपाल तरुण दल गढवा गाउँपालिका–४ का अध्यक्ष अमिन मनिहारले स्वागत मन्तव्य राखेका थिए । गढवा गाउँपालिका -४ का निवर्तमान वडा अध्यक्ष तथा काङ्ग्रेस महाधिवेशन प्रतिनिधि गुलाम मोहम्मद जागा मुसलमानको पहलमा नवप्रवेशीहरुले पार्टी प्रवेश गरेका थिए ।

