
Pes
Pbu
Ggp
Lnp
pku
Unsku
Gfs
Ses
Djs
cjs
Rgp
Sgr
Rgp1
Srbpu

Wsp
Rgu
Gst
Ggd
Tsm
Sls
Ssm
Rsb
Rgu
Hal
Pvg
Bbbpu
Vor
Sbs
Asm
nsb
Bbu
Ksm
Rgs

Jmb
bbt
Pls
Bml
Abd
Jmb
Syp
Ptm
Mks
Rpp
Rmb
Gsb
sab
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर५, मा अवस्थित सिसहनियाँ उद्योग बाणिज्य संघकाे ११ औ बार्षिक साधारणसभा शनिबार संघकाे सभाहल सिसहनियाँमा सम्पन्न भएकाे छ ।
संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यता तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीमा सम्पन्न भएकाे हाे ।
साधारणसभा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी बिष्टले झोले व्यापारीहरुलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिवद्व रहेको बताएका छन् । उनले झोले व्यापारीहरुलाई कानुनी दायरामा ल्याउनका लागि उद्योग वाणिज्य संघले नेतृत्व लिए सरकारले ठाउँको ठाउँ कारवाही गर्न तयार रहेको बताए । अध्यक्ष विष्टले सटरमा भाँडा लिएर व्यापार गर्ने व्यापारी झोले व्यापारीका कारण समस्यामा रहेको बताउँदै त्यसमा सरकारको ध्यानाकर्षण भएको बताए ।
यस्तै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले पछिल्लो समय उद्योगी व्यवसाय प्रति हेर्ने दृष्टिकोण नकरात्मक बढेकाे बताए । उनले उद्योग बाणिज्य संघ राज्यकाे आर्थिक मेरुदण्ड रहेकाे र संघले विभिन्न समयमा सामाजिक उत्तरदायित्व पूरा गर्दै आएकाे भएपनि बाहिर आम नागरिकहरूले हेर्ने दृष्टिकोण नकरात्मक रहेकाे बताए । उपाध्यक्ष सुवेदीले अब एउटा व्यवसायले आर्काे व्यवसायलाई सम्मान गर्न आवश्यक रहेकाे छ । उनले संघले गर्ने सामाजिक कार्य संगै व्यवसायीहरुले आफ्नाे आनीबानी पनि सुधार गर्न आवश्यक रहेकाे बताए ।
यस्तै संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले संघकाे क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक मुक्त बनाउन कपडाकाे झाेला प्रयाेगमा ल्याएकाे बताए । उनले उक्त कपडाकाे झाेलालाई व्यापारी र ग्राहक दुबैलाई अनिवार्य प्रयाेग गर्न आग्रह गरेका छन् । अध्यक्ष अधिकारीले कपडाकाे झाेला प्रयाेगबाट प्लास्टिकजन्य फाेहाेर कम हुने अपेक्षा गरिएकाे बताए ।
संघका बरिष्ठ उपाध्यक्ष मदन पाेख्रेलकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा संघका सचिव रामलाल पाण्डेले बार्षिक प्रगति प्रतिवेदन र संघका काेषाध्यक्ष गिरबहादुर ज्ञवालीले प्रस्तुत गरेका थिए । साे अवसरमा विभिन्न पाँच जना उत्कृष्ट व्यापारीहरुलाई सम्मान समेत गरेकाे छ । यसरी सम्मानित हुनेहरुमा दलबहादुर बुढा मगर,जीउलाल चाैधरी,धनिराम चाैधरी,भगतलाल चाैधरी,चुमबहादुर बुढा मगर,निमबहादुर रावत रहेका छन् । उनिहरुलाई सम्मान-पत्र र दाेसल्ला सहित सम्मान गरेकाे छ ।
साे अवसरमा नेपाली काँग्रेसका विद्याशरण चाैधरी, नेकपा एमालेका मदन अधिकारी,नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र पुजाली,राष्ट्रिय स्वतन्त्र पार्टीका तेजेन्द्रसिंह ठकुरी,राप्ती उद्योग बाणिज्य संघका उपाध्यक्ष हिमानन्द पाण्डे,राप्ती आधारभूत अस्पतालका मेसु सुशील केसी,सिसहनियाँ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारी,संघ कै निर्वतमान महासचिव प्रकाश आचार्य,संघका सल्लाहकार रणप्रसाद सुवेदी, हरियाली बचत तथा ऋण सहकारी संस्थाकी सचिव राधा पाण्डे,समाजसेवी रेशमबहादुर रावत र संघका प्रेस सल्लाहकार सन्ताेषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन संघका महासचिव प्रशान्त बसेलले गरेका थिए ।


