
Ssb
Gsb
Usb
Tgp
Csb
Rks
Rsb
Ksb
Bsn
Ksb
Fmb
Ksb
Ssb
Ppu
Nsb
jsb

Gsb
Hl1
Ssb
Usb
Tsb

Nps
ptl
Rgu
दाङ । चाडपर्व तथा सार्वजनिक बिदाका बेला प्राय कर्मचारीहरु तथा जनप्रतिनिधिहरु आफ्ना आफन्तहरुसँग रमाइलो गर्ने,विभिन्न ठाउँमा घुम्न गएर समय बिताएको पाइन्छ ।
तर राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने तिहार बिदाकाे अवधिभर सिसहनियाँ स्वास्थ्य चौकीबाट बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नु भएकाे छ । तिहारकाे बेला केहि स्वास्थ्यकर्मीहरु बिदामा बसेकाले अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीहरूलाई स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी नहाेस् भन्ने उदेश्यले उहाँले साे सेवा प्रदान गर्नु भएको हाे।
चाडपर्वकाे बेला सवारी साधन दुर्घटनाकाे सम्भावना बढी हुने र खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या उत्पन्न भई स्वास्थ्य सेवा लिन आउनेहरुकाे संख्यामा समेत पछिल्लो समय वृद्धि भएको पाइन्छ । साे स्वास्थ्य चाैकीमा गत असाेज १४ गते देखि विशेषज्ञ सहितकाे २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान भई रहेको छ।
यता बिदाका बेलामा समेत अध्यक्ष विष्टबाट स्वास्थ्य सेवा लिन पउदा बिरामीहरू भने निकै खुसी भएका छन । अध्यक्ष विष्ट देउखुरी क्षेत्रका स्थापित र कुशल स्वास्थ्यकर्मी मध्येका एक स्वास्थ्यकर्मीकाे रुपमा समेत परिचित हुनुहुन्छ।
