
Sgr
Lnp
Unsku
Rgp
Pbu
Rgp1
Ggp
Srbpu
pku

Bbu
nsb
Bbbpu
Rgs
Gst
Asm
Vor
Ssm
Rgu
Pvg
Wsp
Rsb
Sbs
Sls
Hal
Ggd
Ksm
Rgu
Tsm

Rmb
Jmb
Ptm
Mks
bbt
Gsb
Syp
Jmb
sab
Rpp
Bml
Pls
Abd
बाँके । ईलाका प्रहरी कार्यालयले डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।
त्यस्तै उनिहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले शनिबार साँझ ७ बजे पक्राउ गरेको हो । उनिहरु ब्राउन सुगरको कारोबार गरी कोहलपुर देखि पुर्ब तर्फ गईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरिक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले रा १ ब ८९९ को सरकारी नम्बर प्लेटको पल्सर मोटरसाईकल सहित राप्तीसोनारी गाँउपालीका वडा नं. ९ ढकेरी स्थित पुर्ब पश्चिम राजमार्गबाट पक्राउ गरेको हो ।
यसैगरी उनिहरुलाई लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी मल्लले बताए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले गत असोज २५ गते बैजनाथ गाँउपालीका १ चिसापानीबाट ७३० मिलिग्राम ब्राउन सुगर सहित बैजनाथ गाँउपालीका १ चिसापानी बस्ने २२ बर्षिय सन्तोष शाही र सोही ठाँउ बस्ने २२ बर्षिय पदम बुढालाई पक्राउ गरेको थियो ।
यस्तै कार्तिक ४ गते कोहलपुर नगरपालीका वडा नं. २ बिकासनगरबाट ९४० मिलिग्राम ब्राउन सुगर सहित २४ बर्षिय बिजय भन्ने बिर बहादुर बिकलाई पक्राउ गरीएको छ । साथै कार्तिक ४ गते बैजनाथ गाँउपालीका वडा नं. ५ बनकटुवा बस्ने २६ बर्षिय मनिश थारुलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको डिएसपी ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
डिएसपी मल्लले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पदभार सम्हालेको ६ महिनाको अबधीमा ठुलो संख्यामा लागुऔषध कारोबारी पक्राउ गर्न सफल भएका छन । पछिल्लो ६ महिनाको तथ्याङ्क अनुसार लागु औषध ब्राउन सुगरको ३५ मुद्धा दर्ता भएका छन । जसमा ३३ पुरुष र ४ महिला रहेका छन । यस्तै लागु औषध अफिमको एउटा मुद्धा दर्ता भएको छ ।
यस्तै लागु औषध नाईट्राभ्याट र लागु औषध गाँजाको एक एक मुद्धा दर्ता भएको डिएसपी मल्लले जानकारी दिए । ६ महिनाको अबधीमा लागु औषध कारोबारको ३८ मुद्धमा संलग्न ४१ जना पक्राउ गरी मुद्धा दर्ता गरीएको डिएसपी मल्लले बताए ।
