राम बहादुर बिश्वकर्मा सोमबार, भाद्र २२, २०७७

प्युठान । प्युठानमा थप १७ जना कोरोना संक्रमितहरु निको भएर सोमबार घर फर्केका छन् । प्युठान जिल्लाका विभिन्न आइसोलेशनबाट उपचार पश्चात निको भइ १७ जना संक्रमितहरु सोमबार घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।कोरोना जितेर घर फर्केनेहरुमा स्वर्गद्वारी नगरपालिकाका ४ जना, ऐरवती गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ६ जना गरि जम्मा १७ जना संक्रमितहरु निको भइ घर फर्केका हुन् । यो सँगै प्युठान जिल्लाबाट कुल ४ सय ३४ जना संक्रमितहरु निको भइ घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको हो ।

दुई साताअघि अस्पताल भर्ना भएका ती संक्रमितमा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदि ले बताउनु भयो । उहाँले भन्नु भयो, आइसोलेसनबाट डिस्चार्ज भए पनि पुनः एक हप्ता होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ,‘बिरामीलाई निको बनाएर पठाउँदा हामीलाई खुसी लागेको छ ।’निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उहाँले बताउनु हो ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]