तुलबहादुर कवँर मगर बुधबार, भाद्र १०, २०८३

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बजार तथा सार्वजनिक क्षेत्रको सरसफाइलाई व्यवस्थित बनाउन पालिकाका ९ वटै वडाका सार्वजनिक चोकमा ४५ वटा फलामे डस्टबिन राखिएकाे छ ।

सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै फोहोर व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले डस्टबिन राखिएको गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्र, मुख्य सडक तथा मानिसको बढी आवतजावत हुने सार्वजनिक स्थानलाई लक्षित गरी डस्टबिन राखिएको हो ।

गाउँपालिकाको सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार डस्टबिन राख्नुका साथै त्यसको सही प्रयोग र नियमित फोहोर व्यवस्थापनमा पनि ध्यान दिइनेछ । यसबाट नागरिकमा डस्टबिन प्रयोग गर्ने बानीको विकास हुनुका साथै सार्वजनिक स्थानको सरसफाइमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक स्थानमा जम्मा हुने फोहोर दैनिक रूपमा ट्र्याक्टरमार्फत संकलन गर्दै आएको छ । डस्टबिनको व्यवस्थापनसँगै फोहोर संकलनलाई थप व्यवस्थित बनाउने तयारी गाउँपालिकाको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्वच्छ र सुन्दर राप्ती निर्माणका लागि सरसफाइलाई प्राथमिकतामा राखिएको बताए । उनले डस्टबिन राख्दैमा मात्रै सार्वजनिक स्थान सफा नहुने भएकाले यसको सही प्रयोगमा नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । “डस्टबिन राखेर मात्रै बजार सफा हुँदैन, यसको सही प्रयोग गर्न नागरिकको भूमिका महत्वपूर्ण हुन्छ,” अध्यक्ष विष्टले भने, “स्वच्छ र व्यवस्थित राप्ती निर्माण सबैको साझा जिम्मेवारी हो।”

गाउँपालिकाले डस्टबिनको प्रयोग गर्न,जथाभावी फोहोर नफाल्न तथा सार्वजनिक स्थानको सरसफाइमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]