
Rgp
Sdc
Ggp
Ggp
Ksbus
Lnp
Msbus
Asbus
Ksbus


काठमाडौँ । रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्रमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार धादिङमा अहिलेसम्म ठूलो मानवीय क्षति नभए पनि गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुल बाढीले बगाएको छ।
बाढीको सतह बढ्दै गएपछि प्रशासनले सतर्कता बढाएको छ। खोला किनारका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ। विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीहरू बढी जोखिममा रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा सञ्चालन हुने सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा होल्ड गरेर राखिएको छ। जिल्लाका सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीलाई खोला किनारका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कतासहित परिचालन गरिएको छ।
सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय तहसँग पनि निरन्तर समन्वय भइरहेको प्रशासनले जनाएको छ। नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै मानवीय क्षति हुन नदिन आवश्यक सबै प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभएको छ। रातोपाटी
