
Ksbus
Msbus
Ggp
Asbus
Lnp
Ggp
Ksbus
Sdc
Rgp


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिसँग लड्नका लागि सबै जना एकजुट हुन अनुरोध गरेका छन् ।
रसुवामा गएको बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको उक्त बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले उद्धारबारे ब्रिफिङ गरेका थिए ।
यस्तै,छलफलमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले तदारुकता देखाएको भनेर धन्यवाद दिए । उद्धार र राहतमा कुनै कमी नगर्न सरकारलाई अनुरोध गरे ।
त्यस्तै,प्रधानमन्त्री शाहले विपदको क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीबाट क्षतिग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार,खोज र राहतमा खटिन अनुरोध समेत गरेका छन् ।
