दाङ । प्रेस चाैतारी नेपाल दाङ शाखाले तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने भएको छ ।
यस अघि नै २ नम्बर निर्वाचन क्षेत्रमा स्थापना भइसकेकाे छ भने १ नम्बर ३ नम्बर क्षेत्रमा स्थापनाकाे तयारी अन्तिम चरणमा पुगेकाे जिल्ला सचिव किरण गाैतमले जानकारी दिनु भए । शनिबार क्षेत्र नम्बर १ स्तरिय बैठक लमहीमा सम्पन्न भएको छ । चाैतारी दाङका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकलाई सम्बाेधन गर्दै चुनावी प्रचारलाई व्यापक बजाउन निर्देशन दिएका छन् ।
त्यस्तै बैठकमा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई,कुलबहादुर केसीले सम्बाेधन गरेका थिए । कार्यक्रममा चाैतारीका केन्द्रीय सदस्य सन्तोष दहित, सन्ताेषकुमार गुप्ता,प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, प्रदेश सदस्यहरू ओमप्रकाश गुप्ता, छवि पुरी, सल्लाहकार जेएन सागर लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठककाे सहजीकरण सचिव किरण गाैतमले गरेका थिए ।