
Pbu
Srbpu
Pes
cjs
sbs
Lnp
Ggp
Gfs
Rgp
Unsku
Rgp1
Sgr
pku
Djs

Bbbpu
Ggd
Hal
nsb
Rsb
Asm
Sbs
Rgs
Vor
Rgu
Ssm
Ksm
Tsm
Rgu
Wsp
Bbu
Gst
Pvg
Sls

Pls
sab
Rpp
Ptm
Abd
Jmb
Syp
Bml
Gsb
bbt
Rmb
Mks
Jmb
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अहिलेका नेपाली महिलाहरु परिवर्तनको संवाहक भएको बताएका छन् ।
देउखुरीको राप्ती गाउँपालिका—३ मसुरिया स्थित भिकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार संस्थाको कार्यालय परिसर मसुरियामा भएको २० औँ बार्षिक साधारणसभाको उद्घाटन गदै अध्यक्ष बिष्टले सो कुरा बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष बिष्टले देशका हरेक परिवर्तन र विकासमा महिलाहरु अग्र स्थानमा रहेर भुमिका निभाएको चर्चा गदै बिष्टले यो सहकारी संस्थाको प्रगति पनि एक उदाहरण भएको बताए । उनले जसरी महिलाहरुले यो सहकारी संस्थालाई सफलताता पुर्याउन सफल भए त्यसरी नै महिलाहरुले हरेक ठाउँमा नेतृत्व गर्नुपर्ने बताए ।
संस्थाकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाकी सचिव गौरा जैशीले बार्षिक प्रतिवेदन,व्यवस्थापक परमेश्वरी ज्ञवालीले आर्थिक प्रतिवेदन र लेखा समिती सदस्य मेनुका शर्माले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष पार्वती सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पाँच जना उत्कृष्ट बचतकर्ता,पाँच जना असल ऋणी, जेष्ठ सदस्यबाट एक जना,उत्कृष्ट बाल बचतकर्ता गरी दुई दर्जन बढीलाई सम्मान गरेको छ । त्यस्तै सो अवसरमा अति विपन्न परिवारका १० जना बालबालिकालाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी रेखा गैरेले गरेकी थिइन् ।
यसै बीच राप्ती गाउँपालिका ४ मौरीघाटमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशन शनिवार मौरीघाटमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी,सहकारी विभाग प्रमुख शेरबहादुर हमाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा असल बचतकर्ता,असल ऋणी,उत्कृष्ट कर्मचारी लगायत एक दर्जन बढीलाई सम्मान गरिएको थियो । संस्थाकी उपाध्यक्ष सुमित्रा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद शर्माले गरेका थिए ।
