
Lnp
Gfs
Unsku
pku
Djs
Pbu
Srbpu
cjs
Ggp
Sgr
Rgp1
Rgp
Pes
sbs

Rsb
Asm
Tsm
Wsp
Bbu
Ksm
Hal
Vor
Gst
Sbs
Sls
Rgu
nsb
Bbbpu
Rgu
Pvg
Rgs
Ssm
Ggd

Rpp
Gsb
Rmb
sab
Jmb
Jmb
Abd
Pls
Syp
bbt
Ptm
Bml
Mks
रुपन्देही । नेत्रहिन युवा संघ रुपन्देहीको आयोजनामा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ ।
दुर्गा भवानी प्राथमिक विद्यालयमा भएको नमुना मतदान कार्यक्रममा विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरु र सर्वसाधरणहरुको सहभागिता रहेको थियो । आगामी निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई आफ्नो मताधिकारको सहज प्रयोग, अपांगतामैत्री संरचना र मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी सहित नमुना मतदान गरिएको र कुल खसेको मत मध्य प्रतिनिधि सभा तर्फ कुनै मत बदर नभएको र प्रदेश सभा तर्फ ३ मत बदर भएको नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले बताउनुभयो ।
यस्तै नमुना मतदान कार्यक्रममा ह्लिचियर प्रयोगकर्ता, दृष्टिविहिन,शारिरीक अपांगता,बहुअपांगता,न्यून दृष्टिविहिन, बहिरा लगाएत अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वाचन आयोग द्धारा उपलब्ध गराइएको नमुना मतपत्रको प्रयोग गरी निर्वाचन अधिकृत,पर्यबेक्ष्ँक,प्रतिनिधी लगाएतको व्यवस्था गरी नमुना मतदान गरिएको थियो ।
त्यस्तै उक्त नमुना मतदान कार्यमा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको पहुंच परियोजनाका रुपन्देही जिल्ला अधिकृत लक्ष्मी पाण्डेले बताउनुभयो ।

