
Pbu
Pes
Djs
sbs
Rgp
Sgr
Unsku
Srbpu
Ggp
Lnp
cjs
Gfs
pku
Rgp1

Gst
Sbs
Asm
Ksm
Rgs
Rgu
Wsp
Hal
Sls
nsb
Pvg
Ssm
Rgu
Rsb
Bbu
Bbbpu
Ggd
Tsm
Vor

sab
Abd
Bml
Rpp
Syp
Jmb
Ptm
Gsb
Jmb
Rmb
Mks
bbt
Pls
दाङ । समस्याग्रस्त घोषणा भएको सुपर लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिने भएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले मागेको स्पष्टीकरण नबुझाएकाले लघुवित्तलाई केन्द्रीय बैंकले नियन्त्रणमा लिने भएको हो ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक सुमन कुमार अधिकारीका अनुसार लघुवित्तलाई केही समयका लागि राष्ट्र बैंकले नियन्त्रणमा लिएर व्यवस्थापन गर्ने कार्य गर्छ । लघुवित्त सुपरिवेक्षण विभागले सुपर लघुवित्तलाई ३५ दिन भित्र स्पष्टीकरण पेश गर्नका लागि भदौ २२ गते सूचना प्रकाशित गरेर जानकारी गराएको थियो । ३५ दिनमो म्याद मंगलबार सकिएको छ ।
त्यस्तै स्पष्टीकरणको समय सकिएको र अहिले लघुवित्तका कायममुकायम प्रमुख कार्यकारी अधिकृत वुद्धिराम चौधरीले राष्ट्र बैंकका कर्मचारीहरुले गरेको फोन समेत उठाउन छाडेको बताइएको छ । ‘३५ दिनको म्याद सकिएको छ, यो लघुवित्तलाई राष्ट्र बैंकल नियन्त्रणमा लिन्छ, अहिले गर्भनर देश बाहिर रहेकाले यो सम्बन्धी निर्णय गभर्नर आएपछि हुन्छ,’ अधिकारीले भने ।
यस्तै राष्ट्र बैंकको बोर्डले निर्णय गर्नु पर्ने भएकाले केही ढीलाई हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले नियन्त्रणमा लिए पछि सो संस्थाका सञ्चालकहरु पदमा बस्न नमिल्ने भएकाले यो लघुवित्तलाई अर्कोसँग मर्ज गर्ने वा कसैलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने विषय पछि मात्रै जानकारी हुने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ ।
