
Ksb
Ppu
jsb
Csb
Ksb
Nsb
Gsb
Ssb
Usb
Ksb
Tgp
Rks
Bsn
Fmb
Rsb
Ssb

Tsb
Usb
Ssb
Hl1
Gsb

Nps
Rgu
ptl
दाङ । लुम्बिनी प्रदेश दाङ जिल्ला देउखुरी क्षेत्रको राजपुर गाउँपालिका वडा नम्बर -२ निवासी मीन वहादुर सुनारकी धर्मपत्नी मिर्गौला पीडित तुलसा सुनारलाई कतार स्थित टोयटा कम्पनीमा कार्यरत भिम बिक,सुरेन्द्र तामाङ मिनराज बिसि,श्रीलंकाली, बङ्गलादेशी तथा पाकिस्तानी टिमको सहयोगमा संकलित रकम पचास हजार एक सय पैसठ्ठी रुपैयाँ उक्त कम्पनीमा कार्यरत प्रमुख सहयोगदाता भिम बिककी धर्मपत्नी दाङ घोराही उ.म.न.पा.१५ सगरमाथा टोल निवासी तिर्थ बिकको हातबाट पीडित सुनारकै घरमा पुगि सहयोग रकम हस्तान्तरण गरिएको छ ।
दुबै मिर्गौला पीडित सुनारलाई यस अघि पनि वैदेशिक रोजगारमा रहेका प्रकाश बिकको पहलमा संकलित रकम,राष्ट्रिय प्रजातन्त्र पार्टी राजपुर र बालदिवसको अवसर पारी राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाईज इ.बो. स्कुल परिवारले सक्दो आर्थिक रकम हस्तान्तरण गरेको थियो ।
त्यस्तै रकम बुझ्दै पीडित सुनारले अहिले सहयोग गर्नुहुने र यस अघि सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरेकी छ्न ।
