
Srbpu
cjs
sbs
Lnp
pku
Rgp
Sgr
Pbu
Pes
Ggp
Djs
Rgp1
Unsku
Gfs

Tsm
Vor
Sls
Gst
Bbbpu
Rgu
Pvg
Hal
Asm
Rgu
Ggd
Bbu
Rsb
Sbs
nsb
Wsp
Ssm
Ksm
Rgs

Rmb
Bml
Gsb
Jmb
Ptm
Syp
bbt
Pls
Mks
Rpp
Jmb
Abd
sab
दाङ । राजपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहकार्यमा एकद्वार प्रणालीको माध्यमबाट बाढीद्वारा अति प्रभावित ११० घरपरिवारलाई राहत स्वरुप दैनिक आवश्यक सामग्री हस्तान्तरण भएको छ ।
गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेको प्रमुख रोहवरमा अति प्रभावित बाढी पीडित वडा नम्बर ६ मा ४६ घर,वडा नम्बर ५ मा ११,वडा नम्बर ४ मा ४१,वडा नम्बर ३ मा १ घरलाई राहत स्वरुप चामल,दाल,नुन,तेल,त्रिपाल, साबुन वितरण गरिएको छ भने वडा नम्बर २ मा १२ वटा पाल मात्र वितरण गरिएको हो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी दाङ शाखाद्वारा संचालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रमले १०० थान त्रिपाल,१०० थान डोरी,१०० थान पीयूष र १०० थान हाइजिन कीट वितरण गरिएको रेडक्रसले जनाएको छ ।
यस्तै उक्त राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले तत्काल बाढीबाट प्रभावित बस्न र खानबाट बन्चित भएका व्यक्तिहरुको प्रहरीद्वारा दाता संकलन गरि पहिलो चरणको राहत वितरण गरिएको हुँदा अन्य बाढी पीडितहरुलाई नआतिन आग्रह गर्नु भएको छ ।
अहिले हामीले गाउँपालिकाबाट तत्काल अति प्रभावित जो खान र बस्न पाएको छैन उसैलाई राहत दिएका हौं । तपाईहरु नआतिनु होला मलाई थाहा छ,तपाईको अन्नबाली नस्ट भएको छ । खेतबारी कटान र डुबानमा परेको छ,कृपया धैर्य गर्नुस् त्यसको लागि अब फेरि हामीले गाउँपालिकाबाट दोस्रो दाता संकलन गर्छौं र गाउँपालिकाबाट सक्ने सहयोग गाउँपालिकाबाट हुन्छ । नसकेको प्रदेश र संघ सरकारलाई माग गरेर भएपनि राहत उपलब्ध गराउछौं भनि अध्यक्ष बुढाथोकीले अन्य मध्यम वर्गका बाढी पीडितलाई आग्रह गर्नु भएको छ ।
त्यस्तै सो अवसरमा चंगुवा प्रहरी चौकीको कार्यालय भवनको गाउँपालिकाको टिमले निरीक्षण गरेको छ । उक्त निरीक्षणको क्रममा वर्षातले पानी रसाएर कार्यालय भित्र चुहने गरेको पाइएको हो । कार्यालय भवनको निरीक्षण गर्दै अध्यक्ष बुढाथोकीले आउदो हिउँदे सभाबाट नयाँ कार्यालय निर्माणको लागि बजेट छुटाइ दिने बताउनु भएको छ ।
राहत वितरण कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्ट,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, कार्यपालिका सदस्य दिलमती ओली,राजपुर शिक्षा शाखा प्रमुख केशव लम्साल,प्रहरी चौकीका प्रहरी इन्चार्ज मानबहादुर नेपाली,गाउँपालिकाका इन्जिनियर हनुमन्त चौधरी,रेडक्रसका सामुदायिक परिचालक लक्ष्मण निरौला,केशर बहादुर कार्की,दुलैया शाखाका सभापति राजकुमार यादव,राजपुर गाउँपालिकाका कास ओपेन्द्र डाँगी लगायतको सहभागी रहेको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मीले जानकारी दिनु भयो ।
