Sidha Patra मंगलबार, आश्विन २५, २०७९

दाङ । राजपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहकार्यमा एकद्वार प्रणालीको माध्यमबाट बाढीद्वारा अति प्रभावित ११० घरपरिवारलाई राहत स्वरुप दैनिक आवश्यक सामग्री हस्तान्तरण भएको छ ।गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेको प्रमुख रोहवरमा अति प्रभावित बाढी पीडित वडा नम्बर ६ मा ४६ घर,वडा नम्बर ५ मा ११,वडा नम्बर ४ मा ४१,वडा नम्बर ३ मा १ घरलाई राहत स्वरुप चामल,दाल,नुन,तेल,त्रिपाल, साबुन वितरण गरिएको छ भने वडा नम्बर २ मा १२ वटा पाल मात्र वितरण गरिएको हो ।त्यस्तै नेपाल रेडक्रस सोसाइटी दाङ शाखाद्वारा संचालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रमले १०० थान त्रिपाल,१०० थान डोरी,१०० थान पीयूष र १०० थान हाइजिन कीट वितरण गरिएको रेडक्रसले जनाएको छ ।

यस्तै उक्त राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले तत्काल बाढीबाट प्रभावित बस्न र खानबाट बन्चित भएका व्यक्तिहरुको प्रहरीद्वारा दाता संकलन गरि पहिलो चरणको राहत वितरण गरिएको हुँदा अन्य बाढी पीडितहरुलाई नआतिन आग्रह गर्नु भएको छ ।अहिले हामीले गाउँपालिकाबाट तत्काल अति प्रभावित जो खान र बस्न पाएको छैन उसैलाई राहत दिएका हौं । तपाईहरु नआतिनु होला मलाई थाहा छ,तपाईको अन्नबाली नस्ट भएको छ । खेतबारी कटान र डुबानमा परेको छ,कृपया धैर्य गर्नुस् त्यसको लागि अब फेरि हामीले गाउँपालिकाबाट दोस्रो दाता संकलन गर्छौं र गाउँपालिकाबाट सक्ने सहयोग गाउँपालिकाबाट हुन्छ । नसकेको प्रदेश र संघ सरकारलाई माग गरेर भएपनि राहत उपलब्ध गराउछौं भनि अध्यक्ष बुढाथोकीले अन्य मध्यम वर्गका बाढी पीडितलाई आग्रह गर्नु भएको छ ।त्यस्तै सो अवसरमा चंगुवा प्रहरी चौकीको कार्यालय भवनको गाउँपालिकाको टिमले निरीक्षण गरेको छ । उक्त निरीक्षणको क्रममा वर्षातले पानी रसाएर कार्यालय भित्र चुहने गरेको पाइएको हो । कार्यालय भवनको निरीक्षण गर्दै अध्यक्ष बुढाथोकीले आउदो हिउँदे सभाबाट नयाँ कार्यालय निर्माणको लागि बजेट छुटाइ दिने बताउनु भएको छ ।राहत वितरण कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्ट,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, कार्यपालिका सदस्य दिलमती ओली,राजपुर शिक्षा शाखा प्रमुख केशव लम्साल,प्रहरी चौकीका प्रहरी इन्चार्ज मानबहादुर नेपाली,गाउँपालिकाका इन्जिनियर हनुमन्त चौधरी,रेडक्रसका सामुदायिक परिचालक लक्ष्मण निरौला,केशर बहादुर कार्की,दुलैया शाखाका सभापति राजकुमार यादव,राजपुर गाउँपालिकाका कास ओपेन्द्र डाँगी लगायतको सहभागी रहेको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]