
Ggp
Gfs
pku
sbs
Srbpu
Rgp
Pes
cjs
Lnp
Djs
Sgr
Pbu
Unsku
Rgp1

Bbbpu
Wsp
Gst
nsb
Sls
Rsb
Ggd
Rgu
Bbu
Rgu
Tsm
Asm
Vor
Sbs
Ssm
Ksm
Hal
Rgs
Pvg

Mks
Jmb
Syp
Abd
Jmb
Ptm
Rpp
Pls
Bml
sab
Rmb
bbt
Gsb
दाङ । तीन दिनदेखि लगातार परेको वर्षातका कारण तराई क्षेत्र डुबानमा परेको छ भने पहाडमा पहिरोले विपत्ति निम्ताएकाे छ।
राप्ती गाउँपालिका वडा नम्बर ५ काे पहाडी गाउँ पुनखाेला, तल्लो करङ्गे लाेसे, घाेग्ले आँप लगायतकाे गाउँमा पहिराे जादा तिन घर, गाेठ बगाउनुकाे साथै केहि पशुचाैपायहरु समेत पुरिएको छ । पहिरोले ११ घरमा बस्नै नमिल्ने गरी क्षति पुर्याएकाे छ भने १३ घरपरिवार पहिरोकाे उच्च जाेखिममा रहेकाे करङ्गे टाेल विकास संस्थाका अध्यक्ष गिर बहादुर थापा मगरले जानकारी दिनु भयो ।
शुक्रबार बिहान करिब ८ बजेको समयमा घर माथि बाट आएकाे पहिराेले घर गाेठ बगाउँदा पुनखाेला निवासी गिर बहादुर सुनारको ३ ओटा गाेरु, १ ओटा गाई, ४ ओटा बाेका बाख्राहरु बगाउनुकाे साथै घर भित्र रहेको सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाडँकुडा, कागजपत्र बगाएको वडा नम्बर ५ का वडा सदस्य भुपलाल थापा मगरले जानकारी दिनु भएको छ ।
पहिरोले तल्लो करङ्गे निवासी खेतुलाल थापा मगरको घर पनि बगाएको स्थानीय शान्तराज बुढा मगरले जानकारी दिनु भयो । यस्तै उपल्लो पुनखाेला धन बहादुर घर्ती मगर र यम बहादुर घर्ती मगरको घर पनि पहिराले पुरिएकाे पीडित यम बहादुर घर्ती मगरले बताउनु भएको छ। पहिराेका कारण ददिराज थापा मगर, यम बहादुर गाहा मगर, लाेक बहादुर थापा मगर लगायतको ११ घर बस्नै नमिल्ने गरि क्षति पुगेको छ ।
त्यस्तै टंकेश्वर थापा मगर, तकमान घर्ति मगर, मधु थापा मगर, ताेष बहादुर थापा मगर लगायतको १३ घर परिवार पहिराेकाे उच्च जाेखिममा रहेकाे बताईएकाे छ । पहिरो पीडिततहरु यतिबेला आफन्तकाेमा आश्रय लिएर बसेका छन भने अहिलेसम्म पनि कुनै निकाय वा संस्थाले राहात नदिएको गुनासाे गरेका छन् । यस्तै वडा नं.- ५ कै थकरीकाेटमा पनि लगातारको वर्षातका कारण केहि घरमा सामान्य क्षति पुग्नुका साथै प्रा.वि. थकरीकाेटकाे तारबारमा समेत क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तराम सारु मगरले जानकारी दिनु भएको छ।
यसैगरी उता जनता आधारभूत विद्यालयकाे पर्खालमा पनि पहिराेका कारण सामान्य क्षति पुगेको शिक्षक तकमान घर्ती मगरले जानकारी दिनु भएको छ । पहिराले ठाउँ, ठाउँमा विद्युतकाे पाेल ढलेका कारण साे क्षेत्रमा विद्युत आपुर्ति पूर्ण रुपमा बन्द हुनुका साथै ग्रामिण माेटर बाटो समेत बन्द भएको छ। त्यस्तै पहाडी क्षेत्र वडा नं.९ काे विभिन्न ठाउँमा पनि पहिराेले क्षति पुर्याएकाे बताईएकाे छ। विकट क्षेत्रमा माेबाईल नेटवर्कमा समस्या भएका कारण सुचना प्राप्त हुन समय लागेकाे हाे । एकिन विवरण आउन अझै बाँकी नै छ।
