
Sgr
cjs
Unsku
Pbu
Gfs
pku
Srbpu
Ggp
Rgp1
Lnp
sbs
Rgp
Djs
Pes

Sbs
Pvg
Bbbpu
Vor
Hal
Ggd
Bbu
Ksm
Wsp
Rgu
Sls
Ssm
Asm
Tsm
Rgs
Gst
Rgu
Rsb
nsb

Bml
Ptm
sab
Syp
Gsb
Rmb
Rpp
bbt
Jmb
Abd
Mks
Pls
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक शनिबार जंग्रहवामा सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले प्रत्येक १ नम्बर वडा देखि ७ नम्बर वडा भित्रमा भारी बर्षातले पुर्याएको क्षतिको विवरण सो वडाका अध्यक्ष तथा वडा सदस्यहरुसंग संकलन गरिएको हो ।
त्यस्तै वडा अध्यक्ष तथा सदस्यहरुले अनुमानित बुझाएको विवरण अनुसार वडा नम्बर १ मा ६५ घरधुरी र ७ बिघा,वडा नम्बर २ मा १५ घर र २०० बिघा,वडा नम्बर ३ मा ३५ घरधुरी र ५०० बिघा,वडा नम्बर ४ मा ५० घरधुरी र १००० हजार बिघा,वडा नम्बर ५ मा ३५ घरधुरी र १८०० बिघा,वडा नम्बर ६ मा ६० घरधुरी र २०० बिघा,वडा नम्बर ७ मा १०० घर र २० बिघा जग्गामा लगाएको अन्नबालीमा क्षति पुर्याउनुका साथै घरहरुमा पनि ठुलो क्षति पुर्याएको पाइएको छ ।
बैठकले वडा भित्र बर्षात तथा बाढी प्रभावित व्यक्तिहरु जो खान,बस्न समेत बन्चित भएकालाई तत्काल प्रहरीले उठाएको मुचुल्काको आधारमा चामल,दाल,नुन,तेल लगायत त्रिपाल समेतको व्यवस्थापन गरि भोलि आइतबारदेखि नै गाउँपालिकाले हस्तान्तरण कार्य अघि बढाउने निर्णय सहित अन्य कुनैपनि संघसंस्थाले राहत वितरण गर्न चाहेमा एकद्वार प्रणालीको माध्यमद्वारा राजपुर गाउँपालिकाको कार्यालयमा अभिलेखमा रहने गरि वितरण गर्नुपर्ने निर्णय गरिएको राजपुर विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति शरद रेग्मीले जानकारी दिनु भयो ।
त्यस्तै गाउँपालिका क्षेत्रभित्रको विभिन्न खोला नाका बस्तीहरुमा जाने बाटोहरु बर्षातका कारण पहिरो झरेर बिग्रेको र भत्केकालाई तत्काल मर्मत गर्ने निर्णय गरिएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो । अध्यक्ष बुढाथोकीका अनुसार आज राजपुरको २ नम्बर वडा मटेरियादेखि ६ नम्बर वडा गंगदीसम्म विभिन्न खहरे खोलाले बिग्रेका बाटोहरुलाई मर्मत गर्न लगाइएको बताउनु भएको छ । यस्तै उहाँले बढी पीडित राजपुर बासीलाई धैर्य धारण गर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै विपद व्यवस्थापन समितिको बैठक लगत्तै आझै प्रहरी चौकी चंगवाका प्रहरी इन्चार्ज मानबहादुर नेपाली मार्फत अत्यन्तै प्रभावित वडाहरुमा पुगेर मुचुल्का उठाउन खटाइएको गाउँपालिका अध्यक्ष तथा विपद संयोजक शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।
यसैगरी राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पौडेलका अनुसार आइतबार भोलि बिहान तत्काल गाउँपालिकाको तर्फबाट अत्यन्तै प्रभावित बाढी पीडितलाई राहत स्वरुप खाद्यान्न हस्तान्तरण गर्नको लागि अनुमानित सबै खाद्यान्न सामग्रीहरुको व्यवस्थापन गाउँपालिकाले मिलाइ सकेको जानकारी दिनु भयो ।
बैठकमा गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर १ का अध्यक्ष सुर्यप्रसाद चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ६ का वडा सदस्य दिलमती ओली,विपद व्यवस्थापन समितिका सदस्य भोगेन्द्र सिं राजपुत,नरेन्द्र सिंह भण्डारी,नेपाल रेड क्रस सोसाइटी दुलैया शाखाका सभापति राजकुमार यादव,भुपाल ओली,राजबहादुर यादव लगायतको उपस्थिति रहेको थियो ।
