
cjs
Gfs
Pbu
Rgp1
Unsku
Pes
Lnp
Srbpu
Rgp
Sgr
Ggp
Djs
pku
sbs

Bbbpu
Rgs
Vor
Hal
Rsb
Asm
Bbu
Gst
Sls
Tsm
Ksm
Rgu
Rgu
Wsp
Ggd
nsb
Ssm
Pvg
Sbs

Bml
Pls
Gsb
Jmb
sab
Rpp
Rmb
Abd
Jmb
Mks
bbt
Syp
Ptm
दाङ । लगातार भएको बर्षातका कारण गढवा गाउँपालिकाको आठ वटै वडामा क्षति पुगेको छ। बिहिवारदेखि भएको बर्षातका कारण राप्ती नदीमा आएको बाढी र खहरे खोलामा आएको बाढीले गढवा गाउँपालिकाको सबै वडामा क्षती भएको गढवा गाउँपालिकाले जनाएको छ ।
सबै भन्दा बढी क्षति कोठरी,महदेवा,पचहिया, डाँडागाउँ, बघमरुवा,लोखरपुरवा,लालपुर,बोधीपुर, तकियापुर,धर्मपुर, सुतैया,जमुनिवास,बाकी,गढवा बजार क्षेत्र,झारबैरा,कान्छीगांउ लगाएतको क्षेत्रमा सबै भन्दा बढी क्षति पुगेको गढवा गाउँपालिका स्थानीय विपद् व्यवस्थापन तथा उत्थानशिल समितिका संयोजक तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
गढवा गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल खाद्यान्न लागेका राहत सामग्री वितरण गर्ने अध्यक्ष शर्माले बताउनुभयो। शनिबार गढवा गाउँपालिका स्थानीय विपद व्यवस्थापन तथा उत्थानशिल समितिको अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण गढवा गाउँपालिकाका आठ वटै वडामा भएका क्षति विवरण वडामा बनेको बिपद् व्यवस्थापनले संकलन गरी पालिकामा बुझाउने र त्यही अनुरूप राहत वितरण गर्ने निर्णय गरेको छ ।
साथै बिपदको समयामा सहयोगका लागि विभिन्न संघ,संस्थालाई सहयोगको लागि अनुरोध/आव्हान गर्ने र संकलन भेएका राहत सामग्री एकद्वार प्रणाली मार्फत पालिका बाटै वितरण गर्ने,बर्षातका कारण क्षतिभएका सार्वजनिक संरचनाहरू तत्काल पुन: निर्माण गर्ने,धानबाली क्षति विवरण गढवा गाउँपालिकाको कृषि शाखाले संकलन गर्ने र विपदका कारण हुने सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले बिशेष पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी उपरीक्षक बिर बहादुर ओली, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,इलाका प्रहरी कार्यालय गढवा प्रमुख रञ्जु केसी, गढवा गाउँपालिकाका वडा नम्बर – १ का प्रतिनिधि देविलाल थारु कुमाल,वडा नम्बर – २का अध्यक्ष भक्तु चौधरी,वडा नम्बर ३का अध्यक्ष तुलसीराम अधिकारी,वडा नम्बर – ४का अध्यक्ष हरिभगत चौधरी,वडा नम्बर -५का अध्यक्ष लेखराज थापा,वडा नम्बर ६का अध्यक्ष बिर बहादुर आले मगर,वडा नम्बर ७ का प्रतिनिधि रेखा थापा,गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,कृषि शाखा प्रमुख कर्ता राम यादव,गढवा उद्योग बाणिज्य संघका प्रतिनिधि खुमानन्द पोख्रेल,विपद बिज्ञ उमाकान्त पन्त र शंकर पाण्डे,नेपाल रेड्क्रस सोसाइटी गढवा उपशाखाका सभापति दयाराम यादव,नेकपा एमालेका मधा न्यौपाने,नेपाली काँग्रेसका किरण पौडेल,जनता समाजबादी पार्टीका महबुब अलि लगायतको उपस्थिति रहेको थियो।
