
sbs
Unsku
Sgr
cjs
Pbu
Srbpu
pku
Djs
Pes
Ggp
Rgp1
Lnp
Rgp
Gfs

Hal
Rgu
nsb
Vor
Bbbpu
Ggd
Sbs
Sls
Ksm
Wsp
Rgs
Ssm
Tsm
Pvg
Rsb
Gst
Rgu
Asm
Bbu

Ptm
bbt
Jmb
Jmb
Rmb
Syp
Pls
sab
Gsb
Abd
Bml
Mks
Rpp
दाङ । दाङको भालुबाङ र अर्घाखाँचीको सातमारा र लाहाप्पे आसपासका क्षेत्रहरुमा लगातार तीन दिनदेखि परेको वर्षातले नदीको बहाव बढेर प्रभावित पारेको छ ।
अर्घाखाँची र दाङ जिल्लाको सिमानामा रहेको राप्ती नदीको बहाव बढेकोले त्यस ठाँउहरुमा क्षेती पुर्याउने संम्भाबना बढी रहेको छ । लगातार परेको पानीले त्यहाँका गोठ र बाङ्गुर फार्म लगायत राप्ती नदी छेउछाउमा रहेको घरहरु जोखिममा रहेका छन् । सदाको झै सय फिट जतिको रुखहरुलाई पनि छोएर माथिसम्म पुगेको पानीको बहाव जस्तै लागातार पानी पर्यो भने भालुबाङ पुरानो बजारलाई डुबाउने संभावना रहेको छ ।
त्यस्तै पारी अर्घाखाँची र वारी दाङ रहेको छ । राप्ती नदी वारिपारी सयौंको सङ्ख्यामा घर,गोठहरु र बङ्गुर फार्महरु रहेका छ्न । भालुबाङ बङ्गुर फार्महरुमा राप्ती नदीले परेको असरले बङ्गुर पालक किसानहरुलाई सास्ती भएको छ । बङ्गुरहरुलाई खोरबाट निकाली रुखहरुमा बाधेर राखि राखेका छन् । त्यस क्षेत्रका नागरिकले राम्रोसंग खान न राम्री बस्न पाएका छैनन् ।
यस्तै हो भने हामी के गर्ने भनेर पीडित नागरिकले दु:ख पोखेका छन्। एकै छिन पनि नरोकी दिन,रात परेको पानीको झरिले भालुबाङ र लाहाप्पे मात्र नभएर राप्ती नदीले मलमला,गढवा,राजपुर लगायत लमही नगर पालिकाका केहि वडाहरुमा पनि असर पारेको रहेको छ । मंगलबार रातीबाट परेको पानीले देशैभर प्रभाबित पारेको रेको छ ।
