
Rgp
sbs
pku
Unsku
Sgr
cjs
Rgp1
Srbpu
Gfs
Ggp
Pes
Pbu
Lnp
Djs

nsb
Sbs
Ggd
Tsm
Vor
Rgu
Rsb
Rgs
Sls
Wsp
Rgu
Asm
Ksm
Gst
Hal
Ssm
Pvg
Bbu
Bbbpu

Rpp
Jmb
sab
Jmb
bbt
Pls
Bml
Syp
Abd
Rmb
Mks
Gsb
Ptm
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।
वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । अहिले मृत्यु भएका तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
