Sidha Patra शनिबार, भाद्र २०, २०७७

बुटवल । रुपन्देहीको बुटवलस्थित् कोरोना विशेष अस्थायी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.२ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रबार रातीदेखि भेन्टिलेटरमा राखिएको थियो । कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या नदेखिएको भएपनि शनिबार बिहान ६ बजे महिलाको मृत्यु भएको डा. थापाले बताउनु भयो ।

त्यस्तै बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति सवा ११ बजे मृत्यु भएको हो । उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए भने चार दिनयता भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो । दुवै जनामा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले बताउनु भयो । यो सँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ । अहिले अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]