सागर थापा आइतबार, आश्विन १६, २०७९

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित अपराध रोक्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

बडा दशै,दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व अबधीभर १ हजार १ सय बढि प्रहरी परिचालन गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध दाङ प्रहरीले परिचालन गरेको बताउनुभयो । यस्तै दाङसंग जोडिएको नेपाल भारत सिमा नाका कोइलाबास भौवा लगाएतका नाकाहरुमा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने गरेको छ । प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली (QRT) को रुपमा परिचालन गर्ने व्यवस्था मिलाएको दाङ प्रहरी प्रमुख एसपि वलीले बताउनुभयो । चाडपर्वको समयमा बढी पटका,प्रयोग हुने भएको र आतंक फैलाउने भएकाले नियन्त्रणमा पनि दाङ प्रहरीले कडाईका साथ प्रस्तुत हुने एसपी वलीले बताउनु भयो । चाडपर्वमा घरबार तहसनहस पार्ने खेल जुवा तासलाई नियन्त्रण गर्न दाङ प्रहरीले सादा पोशाकका प्रहरीहरु ब्यापक परिचालन गरेको सूचना पाउन साथमा पत्रकार सहितको टोलिसहित प्रहरीले रेडहेन छापा हान्ने एसपी वलीले बताउनु भएको छ ।

जुवा चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने दाङ प्रहरीले जानकारी दिएको छ । यस्तै लुम्बिनि प्रदेशको स्थायि राजधानिमा पर्ने भालुवाङ अमीलिया राजमार्ग लक्षित गरि रातीको समयमा नियमित प्रहरी गस्ती रहेको पनि प्रहरीले बताएको छ । बन्द रहने सरकारी कार्यालय,तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था पनि मिलाईने भएको छ ।

दाङ प्रहरीका विभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरू लाई मध्यनजर गर्दै पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । तुलसिपुर घोराही लमहि र भालुवाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने उँहाले बताउनुभयो । यस्तै तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको एसपि वलीले जानकारी दिनु भयो । यस्तै चार्डपर्वको समयमा बढि भिडभाड हुने बजारमा पैदल गस्ति, मोवाईल गस्ति गरी विभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गरिने पनि दाङ प्रहरीको योजना छ । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।समाजमा शान्ति सुरक्ष तथा अपराध नियन्त्रण गर्नको लागि प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएको हुदा बर्दि सहतिका प्रहरी भन्दा बिना बर्दिका आम नागरीकको जिम्मेवारी महत्वपुर्ण हुने हुदा आम नागरीक त्यस तर्फ सजक एवंम सतर्क रहन दाङ प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै गाँउ बस्तिमा हुने बिभिन्न खालका घटनाको बारेमा प्रहरीको निशुल्क सम्पर्क नम्बर १०० मा सम्पर्क गर्नपनि आम नागरीकहरुलाई प्रहरीले आग्रह गरेको छ । समुदाय साझेदारी अभियान अन्तर्गत गठित बिभिन्न समितिको सहकार्यमा सुरक्षा ब्यबस्था लाई चुस्त दुरुस्त राख्न दाङ प्रहरी समन्वयात्मक ढंगले क्रियाशिल रहेको पनि एसपी वलीले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]