
Djs
Lnp
Rgp1
Ggp
Pbu
Gfs
Unsku
Sgr
cjs
pku
Pes
sbs
Srbpu
Rgp

Sbs
Ssm
Hal
Ksm
Rgs
Rgu
Rsb
Ggd
Gst
Wsp
Rgu
Vor
Bbu
Sls
Bbbpu
Pvg
Tsm
nsb
Asm

Jmb
Rpp
Ptm
sab
Pls
Abd
Mks
Syp
Jmb
Bml
Rmb
Gsb
bbt
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित अपराध रोक्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
बडा दशै,दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व अबधीभर १ हजार १ सय बढि प्रहरी परिचालन गर्दैछ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध दाङ प्रहरीले परिचालन गरेको बताउनुभयो । यस्तै दाङसंग जोडिएको नेपाल भारत सिमा नाका कोइलाबास भौवा लगाएतका नाकाहरुमा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने गरेको छ । प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली (QRT) को रुपमा परिचालन गर्ने व्यवस्था मिलाएको दाङ प्रहरी प्रमुख एसपि वलीले बताउनुभयो । चाडपर्वको समयमा बढी पटका,प्रयोग हुने भएको र आतंक फैलाउने भएकाले नियन्त्रणमा पनि दाङ प्रहरीले कडाईका साथ प्रस्तुत हुने एसपी वलीले बताउनु भयो । चाडपर्वमा घरबार तहसनहस पार्ने खेल जुवा तासलाई नियन्त्रण गर्न दाङ प्रहरीले सादा पोशाकका प्रहरीहरु ब्यापक परिचालन गरेको सूचना पाउन साथमा पत्रकार सहितको टोलिसहित प्रहरीले रेडहेन छापा हान्ने एसपी वलीले बताउनु भएको छ ।
जुवा चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने दाङ प्रहरीले जानकारी दिएको छ । यस्तै लुम्बिनि प्रदेशको स्थायि राजधानिमा पर्ने भालुवाङ अमीलिया राजमार्ग लक्षित गरि रातीको समयमा नियमित प्रहरी गस्ती रहेको पनि प्रहरीले बताएको छ । बन्द रहने सरकारी कार्यालय,तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था पनि मिलाईने भएको छ ।
दाङ प्रहरीका विभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरू लाई मध्यनजर गर्दै पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । तुलसिपुर घोराही लमहि र भालुवाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने उँहाले बताउनुभयो । यस्तै तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको एसपि वलीले जानकारी दिनु भयो । यस्तै चार्डपर्वको समयमा बढि भिडभाड हुने बजारमा पैदल गस्ति, मोवाईल गस्ति गरी विभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गरिने पनि दाङ प्रहरीको योजना छ । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।समाजमा शान्ति सुरक्ष तथा अपराध नियन्त्रण गर्नको लागि प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएको हुदा बर्दि सहतिका प्रहरी भन्दा बिना बर्दिका आम नागरीकको जिम्मेवारी महत्वपुर्ण हुने हुदा आम नागरीक त्यस तर्फ सजक एवंम सतर्क रहन दाङ प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै गाँउ बस्तिमा हुने बिभिन्न खालका घटनाको बारेमा प्रहरीको निशुल्क सम्पर्क नम्बर १०० मा सम्पर्क गर्नपनि आम नागरीकहरुलाई प्रहरीले आग्रह गरेको छ । समुदाय साझेदारी अभियान अन्तर्गत गठित बिभिन्न समितिको सहकार्यमा सुरक्षा ब्यबस्था लाई चुस्त दुरुस्त राख्न दाङ प्रहरी समन्वयात्मक ढंगले क्रियाशिल रहेको पनि एसपी वलीले जानकारी दिनुभएको छ ।
