
Unsku
Pbu
Srbpu
Ggp
Rgp
pku
Djs
Sgr
Pes
sbs
Gfs
Rgp1
cjs
Lnp

Gst
Sls
Hal
Ksm
Ssm
nsb
Wsp
Bbu
Rgs
Vor
Asm
Pvg
Rgu
Ggd
Tsm
Bbbpu
Rsb
Sbs
Rgu

sab
Pls
Mks
bbt
Rpp
Syp
Ptm
Jmb
Bml
Rmb
Gsb
Jmb
Abd
दाङ । देउखुरीको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरुले आन्दोलन गरेका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य !र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।
विहिवार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र वहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवेन्द्र प्रसाद क्षेष्ठ कार्यरत रहेकाले डाँगीलाई हाजिर नगराउन माग गरेका छन् ।
लमही नगरपालिकका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने विषयमा मेयर,उपमेयर र अन्य कार्यपालिका सदस्य विभाजित भएका छन् । कार्यपालिका सदस्यहरुले मेयर र उपमेयरको सक्रियतामा गेहेन्द्र बहादुर डाँगीलाई पुनःलमही नगरपालिका ल्याउन पहल गरिएको भन्दै मेयर उपमेयरको आलोचना समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा लमही नगरपालिका प्रवत्ता तथा लमही नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोहन गिरीले डाँगी लमहीमै बस्न खोजे चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो । पहिलो चरणमा लमही नगरपालिकामा धर्ना,दोस्रो चरणमा नगरपालिकामा तलावन्दी गर्ने र तेस्रो चरणमा सम्पुर्ण वडा कार्यालय बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । लमही नगरपालिकामा दुइवटा कार्यालय प्रमुख भएका छन् ।
देवेन्द्र श्रेष्ठ र गेहेन्द्र डाँगी प्रमुख प्रशासकीय अधिकृतको रुपमा दुइजना वहाल रहनु भएको छ । श्रेष्ठ कार्यकक्षमै काम गरिरहदा डाँगीले बुधबार लमही नगरपालिकामै हाजिर गरी विदामा बस्नु भएको छ ।
गहेन्द्र वहादुर डाँगीले सरव प्रक्रिया मन्त्रालयबाट हुन भएकाले यो विषयमा आफुलाई जानकारी नभएको जानकारी दिदै आफुले लमही नगरपालिकामा हाजिर गरेको बताउनुभयो । यस विषयमा लमही नगरपालिका प्रमुख जोगराज चौधरी र उपमेयर लक्ष्मि योगी सम्पर्क आउन चाहनु भएन ।

