Sidha Patra बिहिबार, आश्विन १३, २०७९

दाङ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन ।

उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार गजमेरले दशैं आइसक्यो सर, दशैं खर्च पठाइदिनु हुन्छ कि भनेर फोन गर्दा नेपाल लाइभका संचालक अनिल न्यौपानेले अश्लील शब्द प्रयोग गर्दै गाली समेत गरेको उनले गुनासो गरे ।

तीन महिना अघिबाट नेपाल लाइभमा जाेडिएका पत्रकार गजमेरलाई अनलाइनका सञ्चालक न्याैपानेले पारिश्रमिक दिनुकाे साटाे उल्टै हप्काएर फोन नगर्ने धम्की दिएका छन ।`काम गरेपछि पारिश्रमिक चाहियाे, त्यहीँ माग्न सम्पर्क गर्दा उल्टै खप्कि खानु पर्याे´उनले भने-`श्रमशाेषण गर्ने मिडिया हाउस किन चाहियाे ।´ आफु माथि भएको अन्यायकाे बिराेधमा नेपाल पत्रकार महासंघ दाङमा समेत उजुरी दिने तयारी गरेकाे जानकारी दिएका छन । न्याैपानेले अश्लील शब्द प्रयाेग गर्दै गालिगलाैच गरेका थिए ।`ओए मुला तलाई कति लाख चाहियो ? तेरो स्कोर कति हो ? दुई लाख, चार लाख, पाँच लाख ?? कति हो भन म भोलि पठाइ दिन्छु, साहुलाई घरीघरी फोन गर्छस मुला फोन राख ।´ जस्ता शब्द प्रयोग गरेको पीडित पत्रकार गजमेरले गुनासो गरेका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]